default_image

12 months ago

April 13, 2024

बारपाक र सहिद लखनलाई गोरखा भलिबल उपाधि

886 views

0 Bookmark

गोरखा (हाम्रो खेलकुद)– बारपाक सुलिकोट गाउँपालिकाले महिला र सहिद लखन गाउँपालिकाले पुरुषतर्फ प्रथम गोरखा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

महिलामा बारपाकले सहिदलखनलाई र पुरुषमा सहिद लखनले भिमसेन थापा गाउँपालिकालाई समान ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

शुक्रबार भएको फाइनलमा बारपाकले सहिद लखनलाई २५–१०,२५–१०,२५–१७ ले हराएको हो । पुरुषको फाइनलमा सहिद लखनले भिमसेन थापालाई २५–१५,२६–२४,२५–१५ ले पराजित गरेको हो ।

त्यस्तै महिलातर्फ भिमसेन थापा र पुरुषमा अजिरकोट गाउँपालिकाले तेस्रो स्थान प्राप्त गर्यो । तेस्रो स्थानको प्रतिस्पर्धामा भिमसेन थापाले पालुङटार नगरपालिकालाई २५–१२,१३–२५,२५–१९,२६–२४ ले पराजि गरेको थियो । पुरुषमा अजिरकोटले बारपाकलाई २५–१९,२२–२५,२८–२६,२५–१८ ले पराजित गरेको थियो ।

दुवैतर्फका विजेता टोलीले ७० हजार, दोस्रोले ४० र तेस्रो टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्यो । गोरखा जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ८ टोलीको सहभागिता थियो ।

गोरखा पालिकास्तरीय भलिबल प्रतियोगिता

सर्वोकृष्ट खेलाडी

महिला – संगिता बराम(बारपाक)
पुरुष –होम बहादुर थापा (शहिदलखन)

महिलातर्फ विधागत उत्कृष्ट महिला

सेटर–शर्मिला गुरुङ (बारपाक सुलिकोट )
ब्लकर–स्मृति गुरुङ (बारपाक सुलिकोट)
डिफेन्डर–पुजा गुरुङ (बारपाक)
सर्भर–मात्रिका बराम (भिमसेन थापा)
उदयीमान–निमिसा श्रेष्ठ (पालुङ्टार)
प्रशिक्षक –विजय कुमाल (बारपाक सुलिकोट)

पुरुषतर्फ विधागत उत्कृष्ट

स्पाईकर–प्रदिप श्रेष्ठ (सहिद लखन )
सेटर–केशब बहादुर परियार (सहिद लखन)
डिफेन्डर–करुण गुरुङ (सहिद लखन)
ब्लकर–आशिष श्रेष्ठ (भिमसेन थापा)
सर्भर–पवन खनार (अजिरकोट )
उदयीमान खेलाडी–अभिषेक बराम (भिमसेन थापा)
प्रशिक्षक–अर्जुन श्रेष्ठ –(सहिद लखन)

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.