12 months ago
April 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका उषा भण्डारी र रविन चन्द वर्ष उत्कृष्ट भलिबल खेलाडी घोषित भएका छन्।
नेपाल भलिबल संघ (एनभिए) ले शुक्रबार आयोजना गरेको चौथो एनभिए अवार्डमा पुलिसको वर्चश्व रह्यो।
संघले आयोजना गरेको एनभिए अवार्डमा सर्वोत्कृष्ट अवार्डमा पुलिस क्लबका उषा र रविन समान ५० हजार रुपैयाँ प्राप्त गरे।
वर्ष उदियमान खेलाडी अवार्ड महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्टस क्लबकी प्रगती नाथ र पुरुषतर्फ नेपाल एपिएफ क्लबका हेमन्त मल्लले प्राप्त गरे। उनीहरुले समान ५० हजार रुपैयाँ हात पारे।
वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड महिलातर्फ पुलिस क्लबका रुपेश कुमार विष्ट र पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघका रमेश केसीले प्राप्त गरे। उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त गरे।
नेपाल पुलिस क्लब महिलातर्फ र गण्डकी प्रदेश भलिबल संघले बर्षको उत्कृष्ट टिम अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट टिम समान २ लाख रुपैयाँ प्राप्त गरे।
यस्तै राष्ट्रिय टोलीका पुर्व कप्तान तथा नेपाल पुलिस क्लबका कप्तान इम रानालाई ५० हजार रुपैयाँ सहित सम्मान गरेको थियो। ।
खेल पत्रकार सम्मानबाट हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिना ५० हजार रुपैयाँसहित सम्मानित भए। संघले राष्ट्रिय वाणिज्य बैकका पुर्व सिइओ किरण कुमार श्रेष्ठ र नेदरल्याण्ड्स भलिबल संघका अध्यक्ष पटिर स्प्रिङगरलाई सम्मान गरेको छ।
यसै अवसरमा संघले वर्षभरि सन्तोषजनक काम गर्ने विभाग, जिल्ल, प्रदेश र क्लबहरुलाई पनि सम्मान गरेको छ।
संघले एपीएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ। मधेश प्रदेश भलिबल संघ, संखुवासभा जिल्ला भलिबल संघ, कञ्चनपुर जिल्ला भलिबल संघ, सुर्खेत जिल्ला भलिबल संघ, पाल्पा जिल्ला भलिबल संघ, जावलाखेल भलिबल संघ, ढोरपाटन भलिबल क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लबलाई सम्मान गरेको छ।
यस्तै किंग्स क्लब, काठमाडौ, दावाली मिलन क्लब, स्व. केशलाल स्मृति प्रतिष्ठान, हेटौँडा, स्व. शेर बहादुर स्मृति प्रतिष्ठान, मणिमुकुन्द भलिबल क्लब, बुटवल, चन्द्रागिरी नगरपालिका न्युडायमण्ड महिला भलिबल टिम, टाइगर ग्रुप अफ पोखरा, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश भलिबल संघ, म्याग्दी जिल्ला भलिबल संघ र बुढानिकण्ठ भलिबल क्लबलाई सम्मान गर्यो।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एनभिए अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायतले अवार्ड प्रदान गरेका थिए।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]