1 year ago
April 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको फुकेटमा भएको आईडब्लुएफ वल्र्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
पुरुष १ सय ९ केजीमाथि तौलसमूहमा सागरले ३ राष्ट्रिय कीर्तिमान रचेको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् । सागरले स्न्याचमा १ सय ३४ केजी, क्लिन एन्ड जर्कमा १ सय ७२ केजी र कुलमा ३ सय ६ केजी भार वहन गर्दैै आफ्नै नाममा रहेको तीनै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन् ।
यसअघि सागरको नाममा स्न्याच १ सय ३३ केजी, क्लिन एन्ड जर्कमा १ सय ७१ केजी र कुलमा ३ सय ३ केजीको राष्ट्रिय कीर्तिमान थियो । स्न्याच र कुलमा सागरले १९ औं एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । क्लिन एन्ड जर्कको राष्ट्रिय कीर्तिमान सागरले उज्वेकिस्तानमा भएको एसियाली भारोत्तोलन च्याम्पियनसिपमा रचेका थिए ।
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]