12 months ago
April 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको दोस्रो दिन बिहीबार पनि सद्भाव आचार्य आफ्नो उमेर समूहको शीर्षस्थानमा कायम रहेका छन् । सिद्धान्त सापकोटा र आइन्स्टिना टण्डन आ–आफ्नो उमेर समुहमा शीर्षस्थानमा छन् ।
नेपाल गल्फ संघको आयोजनामा रोयल नेपाल गल्फ क्लबमा जारी च्याम्पियनसिप अन्तर्गत पुरूष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टोलीका सदस्य सद्भाव आचार्यले ५–ओभर ७३ को स्कोर दर्ज गरे ।
समग्रमा इभन–पार १ सय ३६ सहित ३६ होलको समाप्तीमा सद्भावले संसार विकेलाई १७ स्ट्रोकको फराकिलो अन्तरमा पछि पारेका छन् । यो स्कोरमा सद्भावले उपाधि जित्दै फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुने संभावनालाई बलियो बनाएका छन् ।
पहिलो दिनको तुलनामा सद्भावले आज खेल बिगारे। पहिलो होलमा नै डबल बोगीको सामना गरे । चौथो होलमा एक सट बचाए भने सातौं होलको बोगीले फ्रन्ट नाइन २–ओभर ३६ मा सकाए । यसपछि १०औं होलमा बर्डी प्रहार गरेपनि ११औं, १२औं, १३औं र १७औं होलमा एक–एक सट खेर फाले। ब्याक नाइन सद्भावले ३–ओभर ३७ मा पूरा गरे ।
दोस्रो स्थानमा रहेका संसारले आज ९–ओभर ७७ मा सकाउँदा समग्रमा १७–ओभर १ सय ५३को स्कोर दर्ज गरे । उनले फ्रन्ट नाइन ४–ओभर ३८ र ब्याक नाइन ५–ओभर ३९ मा खेल पुरा गरेका हुन् । समग्रमा २३–ओभर १ सय ५९ सहित स्वप्निल भट्टराई तेस्रो स्थानमा छन् । उनले आज १३–ओभर ८१ मा खेल सकाए ।
च्याम्पियनसिपको पुरूष १२ देखि १६ वर्ष उमेर समूहमा सिद्धान्त सापकोटा समग्रमा २२–ओभर १ सय ५९ सहित शीर्षस्थानमा उक्लिएका छन् । उनले दोस्रो दिनको खेल १७–ओभर ८५ मा सकाए । यो स्कोरमा उनले सोहम अग्रवाललाई ६ स्ट्रोकले पछि पारेका छन् ।
सोहमले आज २०–ओभर ८८ खेल्दा समग्रमा ४१–ओभर १ सय ७७ स्कोर दर्ज गरे । पहिलो दिनका लिडर इदान्त सिंह साउद समग्रमा ४३–ओभर १ सय ७९ सहित तेस्रो स्थानमा झरे । उनले आज २७–ओभर ९५ मा खेल पूरा गरे।
महिलातर्फ आइन्स्टिना टण्डन समग्रमा ३३–ओभर १ सय ७५ सहित शीर्षस्थानमा उक्लिएकी छिन् । उनले अवानी राईलाई ७ स्ट्रोकले पछि पारिन् । आइन्स्टिनाले आज १४–ओभर ८२ को स्कोर कार्ड तयार पारिन् । समग्रमा ४६–ओभर १ सय ८२ सहित अवानी दोस्रो स्थानमा झरिन् । उनले आज २६–ओभर ९४ मा खेल सकाइन् ।
५४ होलको ३ दिने प्रतियोगितामा पुरूषतर्फ २७ र ४ महिलागरी कुल ३१ खेलाडीको सहभागिता रहेको छ । ३ तीन विधाका विजेता खेलाडीले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन् ।
प्रतियोगिता सकिएपछि ३ विधाको विजेता खेलाडीको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका खेलाडीले देशको प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगितामा काठमाडौं, पोखरा, धरान र चितवनका खेलाडीको सहभागिता रहेको छ ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]