default_image

1 year ago

April 10, 2024

अन्तरप्रदेश खेलकुद– लुम्बिनी र कर्णाली सेमिफाइनलमा

1059 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – लुम्बिनी र कर्णाली प्रदेश प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको महिला तर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनी सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले सुदूरपश्चिमलाई २५–११, २५–१६ र २५–९ ले हराएको थियो ।

अर्को खेलमा मधेस प्रदेशलाई हराउँदै कर्णाली अन्तिम चारमा पुगेको छ । कर्णालीले २५–२०, २५–१० र २५–१९ को जित निकालेको हो । आज नै भएको महिला तर्फनै कोशीलाई हराउँदै गण्डकी सेमिफाइनलमा पुगेको छ । गण्डकीले २५–१८, २५–२३ र २५–२२ मा जित हात पार्यो । सेमिफाइनलमा लुम्बिनीले गण्डकी र बागमतीले कर्णालीको सामना गर्नेछ ।

पुरुषतर्फ कोशी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश सेमिफाइनल पुगेका छन् । आज भएको पुरुषतर्फको पहिलो खेलमा लुम्बिनीले बागमतीलाई सोझो सेटमा हराएको छ । लुम्बिनीले २५–९, २५–१३ र २५–१९ मा हराएको हो ।

कोशीले सुदूरपश्चिममाथि ३–२ सेटको जित निकालेको छ । कोशीले २५–२०, २०–२५, १७–२५, २५–१८ र १५–१३ मा जित निकालेको हो । अर्को खेलमा गण्डकीले कर्णालीलाई ३–२ ले हरायो । गण्डकीले २१–२५, २५–११, २३–२५, २५–१६ र १५–१३ को जित निकाल्यो । शुक्रबार हुने सेमिफाइनलमा कोशी र कर्णाली तथा गण्डकी सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुष क्रिकेट – गण्डकी र कर्णालीको जित

अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी र कर्णाली प्रदेशले जित निकालेका छन् । गण्डकी बुधबार बागमतीलाई ३२ रनले हराएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा २ सय ३५ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमामा ७ विकेट गुमाउँदै मात्र २ सय २ रन बनायो ।

बगमतीका लागि रोबिन जोशीले सर्वाधिक ६८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै शुभ कन्सकार र तिलक राज भण्डारीले समान ३७ रन, उत्तम थापामगरले २५ रन जोडे । गण्डकीका लागि विपिन खत्री र शुभास भण्डारीले समान २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धश बनाएका थिए ।

दीपकले ७५ र अर्जुनले ५५ रन बनए । सन्दीप खत्रीले २७, करनले २४ रन बनाए । बागमतीका लागि रिजन ढकाल र कृजन गुरुङले समान १ विकेट लिए ।

अर्को खेलमा कर्णालीले कोशीलाई १० रनले हरायो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १ सय ९८ रन बनायो।

महिला फुटबल – कोशी फाइनलमा

कोशी अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा मधेशलाई २–० ले हराउँदै कोशी उपाधि नजिक पुगेको हो । भरतपुरको शारफानगर फुटबल मैदानमा कोशीलाई जित दिलाउन दुवै गोल प्रतीक्षा राईले गोल गरेका थिए ।

खेलको १७ औं मिनेटमा पहिलो गोल गरेकी प्रतीक्षाले अर्को ६२ औं मिनेटमा गरेकी थिइन । उनी प्लेयर अफ दी म्याच चुनिइन् ।
कोशीले सुदूरपश्चिम र कर्णालीबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल शुक्रबार हुनेछ ।

सिमा र राजुलाई स्वर्ण
ब्याडमिन्टनको महिला सिंगल्समा कोशीकी सिमा राजवंशी र पुरुष सिंगल्समा बागमतीका राजु थापाले स्वर्ण पदक जितेका छन् । पुरुष युगलमा गण्डकीका विशाल खड्का र सुजन थापा तथा महिलामा गण्डकीकै दिलाशा राणा र तिलमाया राणाको जोडीले स्वर्ण पदक जितेको छ ।

मिक्स डबल्समा कोशीका विशाल तामाङ र सिमा राजवंशीको जोडी स्वर्ण पदक जित्न सफल भएो छ । टिम इभेन्टको पुरुष/महिला दुवैमा कोशीले स्वर्ण पदक जितेको छ ।

April 30, 2025

नवौं पोखरा स्पोर्टस् अवार्ड- ४ विधाको मनोनयन

पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको‌ वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]

April 30, 2025

राष्ट्रिय हक्की -आर्मीलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ ।                                   नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

Success

Thank you for your time.