1 year ago
April 8, 2024
भरतपुर (हाम्रो खेलकुद))– प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत करातेको पहिलो दिन महिला एकल कातामा सुदूरपश्चिमकी वर्षा साउद र पुरुष एकल कातामा बागमतीका अमृत थोकरले स्वर्ण पदक जितेका छन् ।
भरतपुरस्थित उद्योग वाणिज्य संघको हलमा सोमबार सुरु भएको करातेको महिला एकल कातामा बागमतीकी एलिना थिङले रजत तथा मधेश प्रदेशकी सुजाता परियार र कोशीकी रोस्मा राई कास्य पदक प्राप्त गरेका छन्।
पुरुष एकल कातामा कोशीका विवेक राईले रजत तथा सुदूरपश्चिम प्रदेशका धर्मेन्द्र रेग्मी र लुम्बिनीका आजाद सिंहले कास्य पदक जितेका छन् ।
टिम काताको पुरुष/महिला दुवैमा बागमतीले रजत पदक जितेको छ । त्यस्तै दुवैमा लुम्बिनीले रजत पदक जितेको छ । पुरुषमा गण्डकी र कोशी तेस्रो बन्यो । महिलामा गण्डकी र सुदूरपश्चिम तेश्रो भएको छ ।
तेक्वान्दो
करातेनै सन्चालन भइरहेको हालमा भएको तेक्वात्दोको एकल पुम्सेमा लुम्बिनी प्रदेशका निर्मल पुन मगर र कोशी प्रदेशकी सुशिला राईले स्वर्ण पदक जितेका छन् । पुरुषमा गण्डकी प्रदेशका आयुश गुरुङले रजत तथा कोशीका विवेक राई र बागमती प्रदेशका यबन्दिन दाहालले कांस्य पदक जितेका छन् ।
महिलामा बागमतीकी कविना राईले रजत तथा लुम्बिनीकी सन्जना मगर र गण्डकीकी रितु बुढाथोकीले कांस्य पदक जिते । महिला टिम पुम्सेमा कोशीले स्वर्ण, गण्डकी रतज तथा लुम्बिनी र बागमती कास्य पदक जितेको छ । पुरुष टिम पुम्सेमा कोशीले स्वर्ण, बागमतीले रजत तथा लुम्बिनी र गण्डकीले कांस्य पदक जितेको छ ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भइरहेको अन्तरप्रदेश खेलकुदको पेयर पुम्सेमा कोशीका विवेक राई र सुशिला राईको जोडीले स्वर्ण पदक जित्यो । गण्डकीका आयुश गुरुङ र रितु बुढाथोकीले रजत तथा लुम्बिनीका निर्मल पुन मगर र सन्जना मगर/बागमतीका अब्बास अन्सारी र सुनमैया खातुनको जोडी कास्य पदक जित्यो ।
भलिबल – बागमती र सुदूरपश्चिमको जित
बागमती प्रदेश खेलकुद प्रतियोगिताको भलिबलको पुरुषतर्फ पहिलो दिन सोमबार सुदूरपश्चिमप्रदेश र महिलातर्फ बागमती प्रदेशले सहज जित निकालेका छन् ।
सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई सोग्झो सेटमा हराएको हो । सुदूरपश्चिम २५–२१, २५–१८ र २५–२१ ले विजयी भएको छ । पुरुषको अर्को खेलमा गण्डकीले मधेशलाई ३–१ सेटले हरायो । गण्डकीले २०–२५, २५–११, २५–२१ र २५–१८ ले विजयी भएको थियो । अर्को खेलमा कोशीले लुम्बिनीमाथि ३–१ ले हरायो । पहिलो सेटम १६–२५ गुमाएको कोशीले त्यसपछिका सेट २५–१८, २५–१६ र २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल जितेको थियो ।
महिलातर्फ आजको पहिलो खेलमा मधेशले लुम्बिनीले २५–१८, २५–२१ र २५–७ ले हराएको छ । दोस्रो खेलमा कर्णालीले सुदूरपश्चिमलाई २५–१४, २५–२२ र २५–२२ ले पराजित गर्यो । अन्तिम खेलमा बागमतीले कोशी प्रदेशलाई २५–७, २५–१३ र २५–१४ ले हरायो ।
-पुरुष भलिबलमा कोशीले लुम्बिनीलाई ३ –१ ले हराएको हुनुपर्नुेमा अन्यथा भएकोले सच्चाईएको छ ।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]