1 year ago
March 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र बागमती प्रदेशकी रमिशा श्रेष्ठ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शुक्रबार महिला ५० केजी तौल समूहको फाइनलमा प्रवेश गरेका छन् ।
गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगितामा सुष्माले कर्णाली प्रदेशकी अस्मिता दुवाल तथा रमिशाले त्रिभुवन आर्मी क्लबकी आरती बम्जनलाई पराजित गरे ।
महिला ५४ केजीमा बागमतीकी रक्षा जिसीले गण्डकी प्रदेशकी सोनिया बडुवाल तथा नेपाल पुलिस क्लबकी अन्जली तेलीले आर्मीकी लालुमाया खत्री क्षेत्रीलाई हराउदै फाइनलमा पुगे ।
महिला ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले प्रहरीकी निशा तामाङ तथा कोशी प्रदेशकी नारिका राईले लुम्बिनीकी ललिता बस्नेतलाई पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले कोशीकी जोनु लिम्बू तथा एपिएफकी संगिता सुनारले बागमतीकी नतिशा राना मगरलाई पन्छ्याउदै फाइनलमा स्थान बनाए ।
महिला ६६ केजीमा आर्मीकी निरु गुरुङले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरी तथा एपिएफकी विनिता थापा मगरले कर्णालीकी अस्मिता चन्दको चुनौती पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे ।
महिला ७५ केजीमा एपिएफकी सरस्वती रानाले लुम्बिनीकी जुनमाया थारु तथा आर्मीकी तृषा जबेगुले कर्णालीकी शिलु महर्जनमाथि जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा पनि फाइनल पुग्ने खेलाडीको टुंगो लागेको छ ।
पुरुष ५१ केजीमा प्रहरीका चन्द्रबहादुर थापाले बागमतीका लालप्रसाद उप्रेती र मधेश प्रदेशका रविन थापाले आर्मीका विमल घर्ती मगर, ५७ केजीमा कर्णालीका सुलभ मालीले प्रहरीका निकेश देशार र आर्मीका प्रेम चौधरीले बागमतीका निराजन मोक्तान फाइनल पुगेका छन्।
६३.५ केजीमा प्रहरीका भुपेन्द्र थापाले गण्डकीका निश्चल गुरुङ र आर्मीका खगेन्द्र रोका मगरले लुम्बिनीका अनिलकुमार पुन तथा ७१ केजीमा एपीएफका विक्रम चौधरीले बागमतीका अश्विन धिरन श्रेष्ठ र आर्मीका दानबहादुर दर्लामी मगरले सुदूरपश्चिमका भरत चन्दलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले आर्मीका दिपेश लामा र कर्णालीका मनोज तामाङले बागमतीका पासाङ शेर्पा तथा ९२ केजीमुनि एपीएफका रविन नेपालले गण्डकीका किरण विक र आर्मीका महेन्द्र केसीले बागमतीका प्रदीप तामाङलाई हराउदै फाइनलमा पुगे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]