1 year ago
March 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे ।
महिला ५४ केजीमा गण्डकी प्रदेशकी सोनिया बडुवालले सुदूरपश्चिम प्रदेशकी निर्मला ऐडी तथा नेपाल आर्मीकी लालुमाया खत्री क्षेत्रीले एपीएफकी नाङजा बुढा मगरलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । महिला ५७ केजीमा लुम्बिनीकी ललिता बस्नेतले गण्डकीकी दिक्षा राईलाई पाखा लगाउदै सेमिफाइनलमा पुगिन् । सोही तौलसमूहमा कोशी प्रदेशकी नारिका राई पनि सेमिफाइनलमा पुग्न सफल भइन् ।
गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ६० केजीमा बागमती प्रदेशकी नतिशा राना मगरले कर्णालीकी तुलसी भण्डारी तथा एपीएफकी संगिता सुनारले नेपाल प्रहरीकी लक्ष्मी घर्ती मगरलाई पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए ।
महिला ६६ केजीमा सुदूरपश्चिमकी सन्जिता चौधरीले बागमतीकी तृष्ना गुरुङ र एपीएफकी विनिता थापा मगरले कोशीकी नुमा सावाडेन तथा ७५ केजीमा लुम्बिनीकी जुनमाया थारुले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला ७५ केजीमै आर्मीकी तृषा जबेगु पनि सेमिफाइनलमा पुगिन् ।
पुरुष ६३.५ केजीमा लुम्बिनीका अनिलकुमार पुनले कोशीका एक्लिश शाहीलाई पन्छ्याउदै सेमिफाइनलमा पुगे । अन्य ३ खेलाडी बुधबारै सेमिफाइनलमा पुगिसकेका छन् ।
पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले कर्णालीका पासाङ इजाम सुब्बा र आर्मीका दानबहादुर दर्लामी मगरले गण्डकीका निशान गुरुङ, ८० केजीमा कर्णालीका मनोज तामाङले कोशीका समिर नेवार र बागमतीका पासाङ शेर्पाले गण्डकीका तार्जन घर्ती मगर, ९२ केजीमा एपीएफका रविन नेपालले कर्णालीका सन्दिप ज्ञवाली र आर्मीका महेन्द्र केसीले कोशीका गणेश श्रेष्ठ अन्तिम चारमा पुगेका छन्।
त्यस्तै ९२ केजीमाथि आर्मीका पवन मोक्तानले कर्णालीका सन्दिप हमाल र गण्डकीका सुनिल श्रेष्ठले लुम्बिनीका सुजन थापा मगरलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]