10 years ago
August 12, 2015
पर्वतारोहण तथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सम्पन्न भएको छ ।
क्लाइम्बिङको आधारभूत तालिमको समापनका अवसरमा उपाध्यक्ष लामा टेन्डी शेर्पा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै
विद्यालय तहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले आयोजित तालिममा ८४ छात्र र ७६ छात्रा गरी जम्मा १ सय ६० प्रशिक्षार्थी सहभागी थिए । सबै प्रशिक्षार्थी काठमाडौं प्रज्ञाकुञ्जका हुन् ।
सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा र आर्थिक प्रशासन शाखाका प्रमुख बासुदेव आचार्यले प्रमाण पत्र प्रदान गरे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]