11 months ago
March 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले शनिबार तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।
सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै प्रथम बनिन् । तेस्रो संस्करणमा सन्तोषी दोस्रो पटक च्याम्पियन बनेकी हुन् । गत वर्ष बंगलादेश गएका कारण उनले भाग लिन पाइनन् ।
दोस्रो भएकी नेपाल पुलिस क्लबकी राममाया बुढाले १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा पूरा गरिन् । एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट २ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरिन् ।
चौथो भएकी त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा २३ मिनेट २० सेकेन्डमा पूरा गरिन् । एपीएफकी फुलमती रानाले १ घण्टा २५ मिनेट १७ सकेकेन्डमा पूरा गर्दै पाँचौं बनिन् ।
दशरथ रंगशालाबाट सुरु भएर भक्तपुरको राधे राधेबाट फर्किएको हाफ म्याराथन रुट पुरुषतर्फ दीपक अधिकारीले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे । उनले लगातार दोस्रो पटक उपाधि जितेका हुन् ।
एपीएफका गोपिचन्द्र पार्की ९ सेकेन्डले पछि पर्दै दोस्रो बने । पार्कीले १ घण्टा ७ मिनेट ४२ सेकेन्डको समय निकाो थिए । तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।
आर्मीका नरेन्द्र रावलले १ घण्टा ८ मिनेट ५१ सकेन्डका साथ चौथो र आर्मीकै खडक बहादुर खड्काले १ घण्टा ८ मिनेट ५६ सेकेन्डमा दौड गर्दै पाँचौं स्थान हासिल पारे ।
हाफ म्याराथन महिला र पुरुषतर्फ दुवै विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौंले ३० हजार प्राप्त गरे ।
१० किलोमिटर पुरुषतर्फ आर्मीका मुकेश पाल प्रथम, सञ्जय श्रेष्ठ दोस्रो, गजेन्द्र राई तेस्रो, सुवाष कार्की चौथो र श्रीकाश राई पाँचौं बने ।
५ किलोमिटर खुल्ला महिलातर्फ आर्मीकी सृर्जना पाण्ड्य प्रथम, पुलिसकी राजपुरा पछाई दोस्रो, निर्मला केसी तेस्रो, आशा रावत चौथो र सुमित्रा कुमारी चौधरी पाँचौं बनिन् ।
स्कुलतर्फ ५ किलोमिटरमा विश्वराम कुँवर प्रथम, बादल कार्की दोस्रो, विकेश घिमिरे तेस्रो, कृष्ण परियार चौथो र आशिष कुमार क्षेत्री पाँचौं स्थान हात पारे ।
ह्विलचियर ३ किलोमिटर पुरुषतर्फ राम काजी मिजार प्रथम, रमेश खत्री दोस्रो, प्रेम विक तेस्रो, दीपक आले मगर चौथो र विष्णु पुकार श्रेष्ठ पाँचौं स्थानमा रह् । ह्विलचियरत महिलातर्फ ऐश्वर्य कुमारी कुमाल प्रथम, यामी झाक्री मगर दोस्रो, रजनी राई तेस्रो, पेमा गुरुङ चौथो र वविता थापा पाँचौं स्थानमा रहिन् ।
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]