1 year ago
March 22, 2024
ललितपुर (हाम्रो खेलकुद) – महालक्ष्मी नगरपालिका वडा नं. ९ ले आयोजना गरेको दुई दिने चेस प्रतियोगिताको पहिलो दिन चार चरणका खेल सम्पन्न भएका छन्।
आज सम्पन्न भएको प्रतिस्पर्धामा आफ्ना सबै खेलमा जित दर्ता गर्दै दोलखाका आशिष् फूँयाल , ललितपुरका बद्रीलाल नेपाली , रौतहटका रुपेश जैसवाल , ललितपुरका सुरोज महर्जन, ललितपुरकै राजन पुरी र पेभिलोन चेस एकेडेमीका शुश्रुत दहालले समान ४ अंक सहित पहिलो स्थानमा उभिन सफल बनेका छन् ।झापाका जिल्लाका मिसन दहाल ३.५ अंक जोड्दै एकल दोश्रो स्थानमा रहन सफल भएका छन्।
ललितपुरको महालक्ष्मी नगर बुद्धिचाल संघको समन्वयमा सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगितामा ललितपुरका राजु ताम्राकार, झापाका राजन सुवेदी , मकवानपुरका कृष्ण थापा, स्ट्यान्डर्ड चार्टर्ड बैंकका पुरुषोत्तम चौंलागाई, काठमाडौंका मिलन लामा, ललितपुरका सजिन महर्जन, काठमाडौं चेस क्लबका केशव श्रेष्ठ लगायत २५ जना राष्ट्रिय खेलाडीहरुले समान ३ अंक जोड्दै संयुक्त तेस्रो स्थानमा छन्।
महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गर्दै स्थानीय पालिकाको प्रयासमा खेल आयोजना गर्नु सह्राननीय कार्य भएको बताउदै देश भरिका पालिकाहरुलाई खेलकुद गतिविधि गर्न सहयोगका लागि अनुरोध समेत गरे।
महालक्ष्मी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जयकृष्ण बोगटीको प्रयासमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता सहित ३५ जना खेलाडीहरुले १ लाख २३ हजार रुपैयाँ प्राप्त गर्नेछन्। शनिबार पाँच चरणको खेल हुने प्रतियोगिताका प्रमुख निर्णायक एनए सोराज ताम्राकारले जानकारी गराएका छन्।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]