12 months ago
March 22, 2024
काठमाडौं ( हाम्रो खेलकुद) – युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि सबै क्षेत्र मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी ) ले आफ्नो स्वागतमा शुक्रबार राखेको कार्यक्रममा नवनियुक्त मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मञ्चमा कुटनीतिक सम्बन्ध बढाउन र त्यसलाई मजबुत बनाउन खेलकुद सबैभन्दा उपयुक्त माध्यम भएको बताए ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री श्रेष्ठको कार्यकालमा नेपाली खेलकुदको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले खेलकुद संघहरू स्वायत्त रहेको बताउँदै उनीहरूले देशको प्रचलित ऐन कानुन मान्नु पर्नेमा कुनै शंका नभएको बताए ।
एनओसीका पदाधिकारी तथा विभिन्न संघका अध्यक्षहरूले मन्त्री श्रेष्ठको कार्यकालको सफलताको कामना गरेका थिए ।
एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले कार्यक्रममा सहभागीको स्वागत गरे । यस्तै राष्ट्रिय संघहरूका प्रतिनिधित्व गर्दै नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले आफ्नो धारणा राखे । नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवि राजकर्णिकारले ओलम्पिक संरचनाबारे प्रकाश पारेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]