default_image

11 months ago

March 21, 2024

स्पोर्टस युनिभर्सले खेलाडीलाई २० प्रतिशत छुट दिने

803 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसाय सुरु भएको १० औं वार्षिकोत्सवका अवसरमा स्पोर्टस युनिर्भसले खेलाडीहरुका लागि सामान खरिदमा २० प्रतिशत छुट दिने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र स्पोर्टस युनिभर्सका निर्देशक किशोरकुमार जोशीले बिहीबार एक वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता २०८१ वैशाख १ गतेबाट सुरु हुने बताइएको छ ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलाडीलाई स्पोर्टस युनिर्भसले आफ्ना खेल सामाग्री र पोशाकमा २० प्रतिशतको छुट दिने निर्देशक जोशीले बताए । त्यसका लागि खेलाडीले आफ्नो प्रमाणसहित एउटा फारम भरेर छुटको कार्ड लिन सक्ने बताइएको छ ।

बानेश्वरबाट शंखमुल जाने रोडमा रहेको स्पोर्टस युनिभर्समा फुटबल, क्रिकेट, भलिबल, ब्याडटिमन्टन, टेबल टेनिस, मार्सल आर्टसलगायत अधिकांश खेलका सामग्री र पोशाक विक्रीका लागि राखिएको जोशीले जानकारी दिए ।

खेलाडी संघका अध्यक्ष श्रेष्ठले यो सम्झौताले खेलाडीहरुलाई सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । खेलाडी संघले सोमबार आयोजना गर्ने १८ औं एनएनआइपिए स्पोर्टस अवार्डका सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, गजराज जोशी आदर्श खेल व्यक्तित्व, उत्कृष्ट पारा खेलाडी र एनएनआइपिए खेलकुद पत्रकारलाई स्पोर्टस युनिभर्सले गिफ्ट ह्याम्पर प्रदान गर्ने बताइएको छ ।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 13, 2025

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने

पोखरा (हाम्रो खेलकुद)-  १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

Success

Thank you for your time.