1 year ago
March 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिम र राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीसहित ३ भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबबीच आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुने भएको छ।
मधेश प्रदेशलाई बुधबार ३-० को सोझो सेटमा हराएकाे न्यु डायमण्ड समूह बीको विजेता बन्दै एभरेष्टसँगको सेमिफाइनल भेट पक्का गरेको हो । न्यु डायमण्डसँग २५-१०,२५-६, २५-८ ले पराजित भएसँगै मधेश प्रतियोगिताबाट बाहिरिएको छ।
एपिएफ समूह बीको उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । एपिएफले बिहीबार हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियन्सिपको पाँचौं दिन बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो।
सेमिफाइनल पुगिसकेको तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लब समूहको उपविजेता बनेको छ । आर्मी र कर्णाली प्रदेश च्याम्पिनसिपबाट बाहिरिएका छन् ।
पुरुषतर्फ आज दुईवटा क्वाटरफाइनलमा खेल हुनेछन् । पहिलोमा टिप टप हेल्प नेपाल र बुढानिलकण्ठ भलिबल क्लब तथा दोस्रोमा एपिएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]