default_image

11 months ago

March 20, 2024

पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

1577 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको सेमिफाइनलमा पुगेको छ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियन्सिपको पाँचौं दिन बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो।

सेमिफाइनल पुगिसकेको तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लब समूहको उपविजेता बनेको छ । आर्मी र कर्णाली प्रदेश च्याम्पिनसिपबाट बाहिरिएका छन् ।

आज समूह बीमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र मधेश प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । यसको नतिजाले सेमिफाइनल समीकरण पूरा हुनेछ।

समूहमा रहेको अर्को टोली एपिएफ र न्यु डायमण्डले समान १ खेल जितेका छन् । पुलिसले समूह बीको उपविजेता र एभरेष्टले समूह बीको विजेतासँग बिहीबार सेमिफाइनल खेल्नेछ।

पुरुषतर्फ आज दुईवटा क्वाटरफाइनलमा खेल हुनेछन् । पहिलोमा टिप टप हेल्प नेपाल र बुढानिलकण्ठ भलिबल क्लब तथा दोस्रोमा एपिएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 13, 2025

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने

पोखरा (हाम्रो खेलकुद)-  १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

Success

Thank you for your time.