1 year ago
March 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा मंगलबार त्रिभुवन आर्मी क्लबका गुणराजले इटालीका ग्राभियल ओलारिउलाई पराजित गर्दै स्वर्ण पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
कक्षपतिका अनुसार यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनैपनि नेपाली खेलाडीले स्वर्ण पदक जितेका थिएनन् ।
गुणराजको उपलब्धि मुवाँथाईमा कुनैपनि नेपाली खेलाडीले हासिल गरेको उच्च सफलता हो । विश्व च्याम्पियनसिपमा गुणराजको यो आठौं सहभागिता हो।
यसअघि पलिस्था कक्षपतिले सन् २०१९ तथा सञ्जय राईले २०१७ मा भएको विश्व च्याम्पियनसिपको एमेच्योर स्वर्ण पदक जितेका थिए ।
आज सम्पन्न हुने १९ औं विश्व च्याम्पियनसमा परिका बतासले पनि स्वर्ण जितेकी छन् । एमेच्योर महिला ४५ केजीमा परिकाले तीनपटककी विश्व च्याम्पियन मरिसियसकी रानीनी कुन्डास्वामीलाई पराजित गरी स्वर्ण पदक जितेकी हुन् ।
च्याम्पियनसिपको ५१ केजी सेमी प्रोमा सन्जय राईले रजत पदक जितेका छन् । च्याम्पियनसिपको एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशिल शाह ठकुरीले रजत तथा ५७ केजीमा गुमान घर्ती मगरले कास्य पदक जितेको कक्षपतिले जानकारी दिएका छन्।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]