1 year ago
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद एकैदिनमा उदो गतिमा नपुगेको बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) को आयोजनामा मंगलबार भएको अन्र्तक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले चरणबद्ध रूपमा नेपाली खेलकुद उदो गतिमा गएको धारणा राखेका हुन् ।
मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ ले नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद विकासका लागि बजेट पर्याप्त नरहेको बताएका छन् ।
‘नेपालीको खेलकुदमा आउने बजेट धेरै न्युन र अपर्याप्त छ । चाहे जस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त छैन,’मन्त्री श्रेष्ठले भने ।
देशभित्र राष्ट्रिय एकतामा कमि आइरहेको अवस्थामा त्यसमा काम गर्न खेलकुद क्षेत्र आफ्नो रोजाइमा परेको मन्त्री श्रेष्ठले प्रष्ट्याएका छन् । उनले मन्त्रालयलाई अधिकारबाट सिमित गरिएको पनि बताएका छन् । मन्त्री श्रेष्ठ भने, ‘खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै छन् । तर, अधिकारको सबालमा भने मन्त्रालयलाई सिमित घेरामा राखिएको छ ।’
मन्त्री श्रेष्ठले सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेल संघबीच ट्य्रान्गुलर आकारमा रहेकाले नेपाली खेलकदको विकास राम्रोसँग हुन नसकेको औंल्याएका छन् ।
खेलको वर्गीकरण नेपाली खेलकुदको आवश्यकता बनेको मन्त्री श्रेष्ठको विश्वास छ । नेपालका खेल संघहरू हराइरहेको आभास आफूलाई भइरहेको मन्त्री श्रेष्ठ बताउँछन् ।
संघहरूले आफूलाई नयाँ ढंगले अगाडि बढाउन सके मात्र खेलकुदको विकास सम्भव हुने उनले बताएका छन् । आइओसीको चार्टरभित्र रहे पनि एनओसीले नेपालको कानुनभित्र पनि रहेर काम गर्नुपर्ने मन्त्री श्रेष्ठले भनाई थियो ।
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]