1 year ago
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठलाई खेलाडीको विदेश पलायनलाई रोक्नका लागि ठोस कदम चाल्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सुझाव दिएको छ ।
पछिल्लो दुई वर्षमा झण्डै ६० जना व्यवसायिक फुटबल खेलाडीसहित दक्षिण एसियाली खेलकुदका पदक विजेता तेक्वान्दो, करातेलगायतका खेलाडी विदेश पलायन भइसकेका छन् ।
नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठलाई मंगलबार उनकै कार्यकक्ष सिंहदरबारमा भेटेर शुभकामना तथा बधाई दिने क्रममा खेलाडी संघले उक्त सुझाव दिएको हो । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीले भाग्दै आएको समस्या अवगत गराउँदै अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको खेलाडी संघको टोलीले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराउनका साथै ७ बुँदे सुझाव दिएको हो ।
ध्यानाकर्षण पत्रमा पदक विजेता खेलाडीलाई घोषित पुरस्कार समयमा उपलब्ध गराइदिन तथा यस्तै १० औं राष्ट्रिय खेलकुद समयमा नै गर्ने सुनिश्चितता गर्न सुझाव दिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०८१ मंसिर २ देखि ९ गते सम्म कर्णाली प्रदेशमा १० औं खेलकुद आयोजना गर्ने घोषणा गरेको थियो ।
मन्त्री श्रेष्ठले खेलाडीको पुरस्कार रकम उपलब्ध गराउन र अक्षयकोष बढाउन पहल गर्नुे वचन दिएका छन् ।
खेलाडी संघले मन्त्री श्रेष्ठलाई बुझाएको ध्यानाकर्षण तथा सुझावहरु
१. १९ औं एशियाली खेलकुद प्रतियोगिता र चौथो एशियनी पारा खेलकुदमा पदक प्राप्त तथा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा विजयी खेलाडीहरुका लागि घोषणा गरिएको पुरस्कार रकम तत्कालै दिने व्यवस्था मिलाईयोस् ।
२. राज्यले लगानी गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सफलता प्राप्त गरेका खेलाडीहरुलाई संरक्षण गर्न नसक्दा दिनानुदिन विदेश पलाएन हुनु पर्ने समस्यालाई निराकरण गर्न तत्काल ठोस योजना बनाई त्यस्ता खेलाडीहरुलाई स्वदेशमै रहन सक्ने वातावरण मिलाईयोस् ।
३. नीजि क्षेत्र अन्तर्गतको सामाजिक उत्तरदायित्व कोष (सिएसआर) मा रहेको रकम खेल क्षेत्रमा प्रयोगमा ल्याउन सकिए नीजि क्षेत्रसमेत खेलकुदमा आकर्षित हुने भएको हुँदा यसले नेपालको खेलकुद क्षेत्रको विकास र विस्तार एवं खेलको स्तरोन्नतीमा महत्वपूर्ण भूमिका हुने भएकोले उक्त सामाजिक उत्तरदायित्व कोषको रकम खेलकुदमा प्रयोग गर्न आवश्यक व्यवस्था मिलाईयोस् ।
४. देशको लागि अन्तर्राष्ट्रिय पदक जिति किर्तिमान कायम गर्ने खेलाडीहरु राष्ट्रिय खेलकुद परिषद्मा नियुक्ति पाएता पनि लामो समयदेखि वृत्ति विकास हुन नसकेको हुँदा तत्काल वृत्ति विकास एवं करारमा रही कार्यरत त्यस्ता खेलाडीहरुलाई उचित व्यवस्थापन स्थायी गरियोस् ।
५. राष्ट्रिय संघहरुवाट हुनु पर्ने राष्ट्रिय प्रतियोगिता नियमित हुन नसक्दा खेलाडीहरुको खेल कौशलता, प्रदर्शन तथा स्तर वृद्धिमा देखिने समस्यालाई निराकरण गर्न राष्ट्रिय खेलकुदनै कुर्नुपर्ने अवस्था भएको हुँदा आउँदै गरेको १०औं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता घोषणा भएको समयमा नै आयोजना गर्ने सुनिश्चितता गरियोस् ।
६. खेलकुद विकास ऐन, २०७७ मा खेलाडीहरुलाई सामाजीक सुरक्षाको प्रत्याभुति हुने भन्ने व्यवस्था भएता पनि हालसम्म खेलाडीहरुले महशुस गर्न नसकेको हुँदा ऐनमा उल्लेख भए अनुसारको सामाजिक सुरक्षाको व्यवस्था गरियोस् ।
७ . खेलाडी कल्याण कोषमा हाल १ करोड ५० लाखको अक्षयकोष रहेकोमा नियमित रुपमा वार्षिक रु. २० लाखको अक्षयकोष फण्ड वृद्धि गर्ने व्यवस्था मिलाईयोस् ।
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]