default_image

1 year ago

March 17, 2024

टिप टप हेल्प नेपालको विजयी सुरुवात

1684 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल क्लबले जितका साथ आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको यात्रा सुरु गरेको छ ।

आइतबार टिप टप हेल्प नेपालअघि मणिमुकुन्द भलिबल क्लब, बुढानिलकण्ठ र सुदूरपश्चिम प्रदेश तथा महिलातर्फ दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपिएफ विजयी भएका थिए । आइतबारका सबै ६ खेल सोझो सेटमा सकिएको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबारको अन्तिम देलमा टिप टपले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । दोस्रो सेटमा कडा चुनौती सामना गरेको टिप टपले २५–१९,२६–२४,२५–१५ ले विजयी भएकोह हो ।

मणिमुकुन्दले न्यूटन भलिबल क्लबलाई ३–० ले हराएको थियो । मणिमुकुन्दले न्युटनलाई २९–२७,२५–२३,२५–२३ ले पराजित गरेको हो । त्यसअघि बुढानिलकण्ठ भलिबल क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । एकतर्फी खेलमा बुढानिलकण्ठले कर्णालीलाई २५–१०,२५–१८,२५– १७ ले पराजित गरेको थियो ।

पुरुषतर्फ दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले जावलाखेल भलिबल क्लबलाई ३–० ले हराएको थियो । तीन भारतीय खेलाडी सम्मिलित सुदूरपश्चिमले जावलाखेलले २५–२१, २५–१३,२५–१७ ले हराएको थियो ।

महिलातर्फ साविक विजेता पुलिस विजयी सुरुवात गर्ने क्रममा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । पुलिसले २५–१२,२५–७,२५–८ ले खेल जितेको थियो । कर्णालीले यो च्याम्पिनसिपलाई राष्ट्रपति रनिङ शिल्डको तयारीको रुपमा लिएको छ।

त्यसअघि दिनको पहिलो खेल एपिएफ क्लबले जितेको थियो। एपिएफले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । एपिएफले मधेशलाई २५–८, २५–७,२५–२ ले पराजित गरेको थियो । च्याम्पियनसिपका तेस्रो दिन सोमबार महिलातर्फ २ र पुरुषतर्फ ४ गरि ६ खेल हुनेछन् ।

महिलातर्फ समूह एमा एभरेष्ट क्लब, साविक विजेता पुलिस, त्रिभुवन आर्मी क्लब र कर्णाली छन् । अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् ।

समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् । समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

March 31, 2025

एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड यसै महिना हुने

काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

Success

Thank you for your time.