1 year ago
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मणिमुकुन्द भलिबल क्लबले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ जित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार मणिमुकुन्दले न्यूटन भलिबल क्लबलाई ३-० ले हराएको छ। मणिमुकुन्दले न्युटनलाई २९-२७,२५-२३,२५-२३ ले पराजित गरेको हो।
त्यसअघि बुढानिलकण्ठ भलिबल क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हराएकाे छ। एकतर्फी खेलमा बुढानिलकण्ठले कर्णालीलाई २५-१०,२५-१८,२५- १७ ले पराजित गरेको हो।
पुरुषतर्फ दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले जावलाखेल भलिबल क्लबलाई ३-० ले हराएको छ ।
तीन भारतीय खेलाडी सम्मिलित सुदूरपश्चिमले जावलाखेलले २५-२१, २५-१३,२५-१७ ले हराएको थियो ।
महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको थियो । पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । पुलिसले २५-१२,२५-७,२५-८ ले खेल जितेको थियो। कर्णालीले यो च्याम्पिनसिपलाई राष्ट्रपति रनिङ शिल्डको तयारीको रुपमा लिएको छ।
त्यसअघि दिनको पहिलो खेल एपिएफ क्लबले जितेको थियो। एपिएफले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । एपिएफले मधेशलाई २५–८, २५–७,२५–२ ले पराजित गरेको थियो । च्याम्पियनसिपमा आज पुरुषतर्फ १ खेल बाँकी छन् ।
महिलातर्फ समूह एमा एभरेष्ट क्लब, साविक विजेता पुलिस, त्रिभुवन आर्मी क्लब र कर्णाली छन् । अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् ।
समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् । समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन् ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आठ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]