default_image

1 year ago

March 17, 2024

एपिएफको विजयी सुरुवात, मधेशको हार

774 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ क्लबले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार एपिएफले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । एपिएफले मधेशलाई २५–८, २५–७,२५–२ ले पराजित गरेको हो ।

च्याम्पियनसिपमा आज अन्य ५ खेल हुनेछन् । महिलातर्फ नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । पुरुषतर्फ ४ खेल हुनेछन् ।

महिलातर्फ समूह एमा एभरेष्ट क्लब, साविक विजेता पुलिस, त्रिभुवन आर्मी क्लब र कर्णाली छन् । अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् ।

समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् । समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आठ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

April 26, 2025

एसिया ट्राइयाथलन कप – पिटर र पार्कलाई उपाधि

पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]

April 25, 2025

मणिमुकुन्द कप भलिबल – गल्कोट र गुजरात फाइनलमा

सुमन अधिकारी, बुटवल साविक विजेता त्रिभुवन आर्मी बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ । गल्कोट भलिबल क्लबसँग पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो  । गल्कोटले फाइनलमा भारत गुजरातको साग भलिबल एकेडेमीको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा सागले गण्डकी प्रदेश भलिबल संघलाई पराजित गरेको हो । गुजरात २५-२१, २५-२० र […]

April 25, 2025

एपिएफ र पुलिस उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधिको लागि भिड्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको सेमिफाइनलमा अब्बल प्रदर्शन गरिरहेको एपिएफले टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबलाई ३-१ ले माथ दियो। पहिलो सेट २५-१६ ले जित्दै एपिएफले १-० को […]

Success

Thank you for your time.