default_image

1 year ago

March 16, 2024

मानव तस्कर गर्ने प्रशिक्षकहरुलाई कारवाहीको दायरामा ल्याइनेछ – खेलकुद मन्त्री श्रेष्ठ

1004 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलर खेलाडीको‌ नाममा मानव तस्कर गर्ने प्रशिक्षकहरुलाई कारवाहीको दायरामा‌ लाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सुुरु भएको आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको उद्घाटनका दौरान मन्त्री श्रेष्ठलाई खेलकुदका‌ मानव तस्करलाई कारवाही प्रकियामा ल्याउने प्रकिया सुरु गरिसकिएको बताएका हुन् ।

उनले भने,’ २०/२२ लाख रुपैयाँ लिएर मानव तस्कर गर्ने गरेको जानकारी पाएका छौं । त्यसको सुचना संकलन गर्दै छौं। त्यस्तालाई कारवाहीको दायरामा ल्याइनेछ।’

खेलकुद मन्त्री श्रेष्ठले प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीहरुको आवासका‌ लागि पुल्चोक स्थित हालको मन्त्री क्वार्टर प्रयोगमा ल्याउन प्रयास गर्ने बताएका छन् ।
मन्त्रीपरिषद र नेताहरुले ग्रिन सिंगल दिएमा अहिलेको मन्त्री क्वाटर आवासिय ट्रेनिङ सेन्टर हुने प्रबल सम्भावना छ, मन्त्री श्रेष्ठले भने।

उनले बेथितीहरु अन्त्य र खेललाई स्वच्छ गर्नुपर्नेमा जोड दिदै नेपाली झण्डा विदेशमा फहराउन पर्ने बताएका छन् ।

राखेपको‌ प्रस्ताव
राखेपले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिडको अध्यक्षतामा पुसमा बसेको बैठकले नै उक्त प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित हाल पुल्चोकको हरिहर भवनस्थित मन्त्री निवास ललितपुरको भैसेपाटीमा निर्मित भवनमा स्थानान्तरण पश्चात खेलाडी आवासका रुपमा रुपान्तरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको त्यतिबेला बताइएको थियो।

विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका दौरान होटल तथा बसोवास खर्च वापत राज्यले ठूलो धनराशी खर्च गर्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न निर्णय गरेको सदस्य–सचिव घिसिङले बताएका‌ थिए ।

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

April 26, 2025

पुलिस राष्ट्रिय करातेको टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। ९ स्वर्ण, १ रजत र २ कास्य सहित १२ पदक जितेर पुलिसले प्रतियोगितामा वर्चस्व बनायो। सशस्त्र प्रहरी बल (एपिएफ) दोस्रो भयो। उसले ४ स्वर्ण, ६ रजत र ३ कास्य गरी १३ पदक प्राप्त गर्यो। त्रिभुवन आर्मी […]

Success

Thank you for your time.