default_image

1 year ago

March 16, 2024

खेलकुद मन्त्री श्रेष्ठ भलिबल संघको आजीवन सदस्य

1125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ नेपाल भलिबल संघको आजीवन सदस्य बनेका छन्।

भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको उद्घाटनमा मन्त्री श्रेष्ठलाई संघका अध्यक्ष जितेन्द्र चन्दले आजीवन सदस्यता प्रदान गरेका हुन् । संघले केहि अघिबाट समाजका विभिन्न व्यक्तित्वलाई आजीवन सदस्यता वितरण गर्दै आएको छ।

आठ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

April 26, 2025

पुलिस राष्ट्रिय करातेको टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। ९ स्वर्ण, १ रजत र २ कास्य सहित १२ पदक जितेर पुलिसले प्रतियोगितामा वर्चस्व बनायो। सशस्त्र प्रहरी बल (एपिएफ) दोस्रो भयो। उसले ४ स्वर्ण, ६ रजत र ३ कास्य गरी १३ पदक प्राप्त गर्यो। त्रिभुवन आर्मी […]

April 26, 2025

पुलिस पहिलो पटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। यो प्रतियोगितामा पुलिस पहिलो पटक च्याम्पियन बनेको हो। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको फाइनल खेलमा ६ पटकको च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो। एपिएफ विरुद्ध पुलिसले सुरुवात बाटै […]

Success

Thank you for your time.