1 year ago
March 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) –कोशी प्रदेशले जितबाट आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो दिन शनिबार कोशीले ढोरपाटन क्लबलाई ३-१ ले हराएको छ।
समूह ए को खेलमा पहिलो सेट गुमाएको कोशीले २३-२५,२५-२०,२५-१८,२५-१९ ले विजयी भएको हो।
त्यसअघि ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबले च्याम्पियनसिपमा विजयी सुरुवात गरेको थियो । पुलिसले कर्णाली प्रदेशलाई ३-० ले हराएको छ। पुलिस २५-९,२५-१३-२५-१३ ले विजयी भएको हो।
त्यसअघि बिहान राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले महिलामा विजयी सुरुवात गरेको थियो ।
एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। एकतर्फी खेलमा एभरेष्ट २५-१२,२५-७,२५-११ ले विजयी भएको हो ।
एभरेष्टले अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीबाट पहिलो रोजाइमा खेल्ने स्टार मिडल ब्लकर सुर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोनसनलाई अनुबन्ध गरेको छ ।
सूर्या नेपालमा गत वर्ष सम्पन्न एभिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । उक्त प्रतियोगिताको उपाधि भारतले नै जितेको थियो । यी तीनै खेलाडीले एसियाली खेलकुदमा पनि सहभागी थिए ।
एभरेष्ट प्रतियोगिताको समूह ए मा छ । यस समूहमा गत संस्करणको विजेता नेपाल पुलिस क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश पनि छन् ।
अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
च्याम्पिनसिपमा शनिबार पुरुषतर्फ आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) समूह बीको विजेता बन्दै आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको सेमिफाइनलमा पुगेको छ। यो सँगै सेमिफाइनल समीकरण पूरा भएको छ।एपिएफको जितमा यो समूहबाट त्रिभुवन आर्मी क्लब उप विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न सफल रहयो। अर्को समूहमा दुई टिम मात्र रहँदा नेपाल पुलिस क्लब […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाबा बास्केटबल लिग गर्ने भएको छ। लिग वैशाख २० गते सुरु हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। लिगको प्रमुख प्रायोजक हिमालयन जाभा रहेको छ। ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। टाईम्स, हाउण्ड्स, कीर्तिपुर, रोएल्स, गोल्डेनगेट र सामाखुशी क्लबले दाबेदारी प्रस्तुत गर्नेछन्। दोहोरो राउन्ड रोबिन ३२ […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो। एकपक्षीय खेलमा आर्मीले एभरेस्टलाई २५-१६, २५-१८ र २५-१७ को सोझो सेटमा हरायो। योसँगै यो समुहमा सशस्त्र प्रहरी बल (एपिएफ) […]