default_image

1 year ago

March 16, 2024

पुलिसकको सहज जित

2409 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको‌ विजेता नेपाल पुलिस क्लबले आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो दिन शनिबार पुलिसले कर्णाली प्रदेशलाई‌ ३-० ले हराएको छ।
पुलिस २५-९,२५-१३-२५-१३ ले विजयी भएको हो।

त्यसअघि राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले महिलामा विजयी सुरुवात गरेको थियो ।

एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को‌ सोझो सेटमा हरायो। एकतर्फी खेलमा एभरेष्ट २५-१२,२५-७,२५-११ ले विजयी भएको हो ।

एभरेष्टले अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीबाट पहिलो रोजाइमा खेल्ने स्टार मिडल ब्लकर सुर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोनसनलाई अनुबन्ध गरेको छ ।

सूर्या नेपालमा गत वर्ष सम्पन्न एभिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । उक्त प्रतियोगिताको उपाधि भारतले नै जितेको थियो । यी तीनै खेलाडीले एसियाली खेलकुदमा पनि सहभागी थिए ।

एभरेष्ट प्रतियोगिताको समूह ए मा छ । यस समूहमा गत संस्करणको विजेता नेपाल पुलिस क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश पनि छन् ।

अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।च्याम्पिनसिपमा शनिबार पुरुषतर्फ अब २ खेल हुनेछन्।कोशी प्रदेश र ढोरपाटन क्लब तथा आर्मी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ।

April 22, 2025

मणिमुकुन्द कप भलिबल- पुलिसको दोस्रो जित

सुमन अधिकारी, बुटवल विभागिय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा पनि जित हात पारेको छ । एपिएफ भने दोस्रो खेलमा पनि पराजित भएको छ । मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको प्रतियोगिताको चौथो दिन मंगलवार भएको समूह एमा‌ आयोजक मणिमुकुन्दले एपिएफलाई ३-० को सोझो सेटमा पराजित भएको हो […]

April 21, 2025

सिड्नीमा अर्काे साता तोरनल्ह रनिङ कप भलिबल

सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]

April 21, 2025

न्यु साउथ वेल्सलाई भलिबल उपाधि

पर्थ (हाम्रो खेलकुद) – न्यु साउथ वेल्स (एनएसडब्लु) ले नेपालीहरूको मिनी ओलम्पिक मानिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अन्र्तगत भलिबलमा उपाधि जितेको छ । साविकको विजेतासमेत रहेको न्यु साउथ वेल्सले नेपाली राष्ट्रिय टोलीका सदस्य बिशाल बहादुर बिकको अलराउन्ड प्रदर्शनमा आइतबार भएको फाइनलमा आयोजक पश्चिम अस्ट्रेलिया पर्थलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक […]

Success

Thank you for your time.