default_image

1 year ago

March 16, 2024

एभरेष्टको विजयी सुरुवात

1858 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबले आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो खेलमा शनिबार एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को‌ सोझो सेटमा हरायो। एकतर्फी खेलमा एभरेष्ट २५-१२,२५-७,२५-११ ले विजयी भएको हो ।

एभरेष्टले अरुणासहित भारतीय राष्ट्रिय टोलीबाट पहिलो रोजाइमा खेल्ने स्टार मिडल ब्लकर सुर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोनसनलाई अनुबन्ध गरेको छ ।

सूर्या नेपालमा गत वर्ष सम्पन्न एभिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । उक्त प्रतियोगिताको उपाधि भारतले नै जितेको थियो । यी तीनै खेलाडीले एसियाली खेलकुदमा पनि सहभागी थिए ।

एभरेष्ट प्रतियोगिताको समूह ए मा छ । यस समूहमा गत संस्करणको विजेता नेपाल पुलिस क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश पनि छन् ।

अर्को समूहमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

च्याम्पिनसिपमा शनिबार पुरुषतर्फ ३ खेल हुनेछन् । पुलिस त कर्णाली, कोशी प्रदेश र ढोरपाटन क्लब तथा आर्मी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ।

April 27, 2025

राष्ट्रिय हक्की यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.