default_image

12 months ago

March 14, 2024

एनएनआइपिए स्पोर्टस अवार्डलाई केडिया ग्रुपको साथ

541 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एनएनआइपी स्पोर्टस अवार्डलाई केडिया ग्रुपले प्रायोजन गरेको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड यसपटकबा केडिया ग्रुपले प्रायोजन गर्ने सम्झौता बिहीबार भएको हो ।

अवार्ड चैत १२ गते ललितपुरको शंखमुल पुल नजिक यल दरबारमा हुने भएको छ । केडिया ग्रुपका अध्यक्ष विमल केडिया र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता ३ वर्षका लागि गरिएको बताइएको छ ।

सम्झौता अनुसार केडिया ग्रुपले अवार्डमा एक पुरुष र एक महिलालाई सर्वोकृष्ट खेलाडीको रुपमा सम्मान स्वरुप प्रदान गर्ने समान १ लाख तथा अवार्डको व्यवस्थापनको लागि ५० हजार गरि बार्षिक २ लाख ५० हजार प्रदान गर्नेछ ।

२०७९ सालमा गण्डकी प्रदेशमा सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलहरुलाई आधार मानी सम्बन्धित संघले सिफारिस गरेका खेलाडीलाई एनएनआइपीएले अवार्ड प्रदान गर्ने बताइएको छ ।

३६ खेल मध्येका उत्कृष्ट खेलाडीले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीहरु मध्येबाट एक महिला र एक पुरुषलाई सर्वोकृष्ट घोषित गर्दै १ लाख रुपैयाँ दिइनेछ। त्यस्तै एक महिला र एक पुरुषलाई प्रतिभाशाली खेलाडी सम्मान सम्मान गरिने बताइएको छ । उनीहरू ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एकजना पाका खेल व्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्वबाट र एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित ३५ हजार रुपैयाँ पाउनेछन् । एक जना वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान हुनेछन् र उनले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एनएनआइपिए अवार्डबाट सम्मानित हुने ३६ खेलमा फुटबल,साइक्लिङ्ग, भलिबल ,एथलेटिक्स, फेन्सिङ ,तेक्वान्दो,ह्याण्डबल, जिम्नाष्टिक, लन टेनिस, गल्फ, हक्की, फट टेनिस, उसु, पौडी, स्क्वास, भारोत्तोलन, ट्रायोथोलन, क्रिकेट, सुटिङ ,आइटिएफ तेक्वान्दो, फूल कन्ट्याक्ट करातेका खेलाडी छन् ।

त्यस्तै जुडो , कुस्ती, रग्बी, ब्याडमिन्टन, बास्केटबल, आर्चरी, कबड्डी, टेबल टेनिस, कराते, शारीरिक सुगठन, खो खो, पाराग्लाइडिङ , बक्सिङ ,बुद्धिचाल, सेपाकटाक्रोका खेलाडी एनएनआइपिए अवार्डबाट सम्मानित हुनेछन् ।

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.