8 years ago
January 30, 2017
पोखरा (हाम्रो खेलकुद ) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीलाई गैर आवाशिय नेपाली संघ युकेका अध्यक्ष मुच्क्षेत्र गुरुङ्गले ५० हजार नगद प्रदान गरेका छन । गुरुङ्गले उक्त रकम मंचले २०७४ बैशाखमा आयोजना गर्ने पोखरा स्र्पोट्स अर्वाडका लागि प्रदान गरेका हुन ।
सहारा युकेले पोखरामा आयोजना गरेको कार्यक्रममा उनले उक्त रकमको चेक मञ्चका अध्यक्ष केशव पाठक लाई प्रदान गरे । सहारा युकेले पोखरामा सम्पन्न १५ औ आहा रारा गोल्ड कप भव्यताका साथ सम्पन्न गर्न स्थानिय संघ–संस्था हरुले खेलेको भुमिका प्रति सम्मान प्रकट गर्न कार्यक्रम आयोजना गरेको थियो ।
सो अवसरमा सहारा युकेका अध्यक्ष मिन बहादुर गुरुङ्गले विभिन्न संघ संस्थाहरुलाई मायाँको चिनो द्वारा सम्मान गरेका थिए । सो अवसरमा विभिन्न संस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहारा क्लव पोखराका मानार्थ सदस्य तथा सहारा युकेका सल्लाहाकार महेश गुरुङ्गले प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकोमा सबैलाई धन्यबाद ज्ञापन गरे । कार्यक्रममा सहारा युकेका सल्लाहाकार रमेश बास्तोलाले समेत बोलेका थिए ।
मञ्चलाई गरेको सहयोग प्रति आभार प्रकट गर्दै अध्यक्ष पाठकले एन.आर.एन युकेका अध्यक्ष मुच्छेत्र गुरुङ्गलाई माँयाको चिनो द्वारा सम्मान गरेका थिए । मंचले आयोजना गर्ने पोखरा स्र्पोट्स अर्वाडका लागि बेलायतमा रहेका सूर्य गुरुङ्ग, कमल गुरुङ्ग, हितकाजी गुरुङ्ग लगाएतले २५/२५ हजार सहयोग गर्ने जानकारी गराइसकेका छन । पोखरा स्र्पोट्स अर्वाडका लागि तमु धीं युकेका अध्यक्ष ग्याम बहादुर गुरुङ्ग र सहारा युकेका अध्यक्ष मिन वहादुर गुरुङ्गले संस्थागत रुपमा नै सहयोग गर्ने जनाएका छन ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]