12 months ago
March 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्रीमती मंगला देवी सिंह स्मृति खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न हुँदा काठमाडौका सुदिप तामाङ , सुमन लामा र भक्तपुरका विजेश राज कर्णिकार ४ अंक सहित संयुक्तरूपमा अग्रस्थानमा छन्।
सुदिपले तेस्रो चरणको खलमा ललितपुर कै काठमाडौका कुमार महर्जनलाई र चौथो चरणको खेलमा पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई हराएका थिए। सुमनले तेस्रो कान्तिपुर चेस क्लबका डिबि कार्की र र चौथो चरणमा सतिश शाहलाई पन्छाउन सफल भए।
त्यसैगरी विजेशले चौथो चरणमा ललितपुरका राजु ताम्रकार माथि जित निकाले भने तेस्रो चरणको खेलमा ललितपुर कै अशोक मोहन श्रेष्ठ पराजित गरे।
पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं , काठमाडौका मिलन लामा , ललितपुरका सरोज महर्जन , राजन पुरी र साढे ३ अंक जोडेर दोस्रो स्थानमा रहेका छन्।
प्रतियोगिताको उच्च वरियताका खेलाडी मिलन लामा तेस्रो चरणमा एक बहादुर वाइवा माथि सफलता हात पारे भने चौथो चरणको खेलमा सरोज महर्जनसंग बरबरी खेलेका थिए।
पुरुषोत्तमले तेस्रो चरणको खेलमा कपिल गुरुङलाई निराश पारे भने चौथो चरणको खेलमा राजन पुरीसंग बराबरी खेल्दै अंक बाँडे। सरोजले तेस्रो चरणमा विक्रम बैश्यलाई हराए।
काठमाडौ महानगरपालिका वडा नं २७ को आयोजनामा अन्नपूर्ण उच्च मावि ज्याठा कान्तिपथमा संचालन भईरहेको प्रतियोगितामा सतिय साह, नवीन तण्डुकार अशोक मोहन श्रेष्ठ , राजेन्द्रप्रसाद श्रेष्ठ ,रिया श्रेष्ठ , सुमन मोक्तान , रमेशवीर माली, डिवि कार्की सुशील सुवेदी विक्रम बैश्यले ३ अंक जोडेका छन्।
विजेताले २५ हजार , दोस्रोले १५ हजार, तेस्रोले १० हजार रुपैयाँ गरि २३ जनालाई नगद पुरस्कार प्राप्त गर्नेछन् । स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म हुने प्रतियोगितामा कुल नगद पुरस्कार १ लाख ८ हजार रहेको बताइएको छ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]