12 months ago
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सको पेरिसमा हुने ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको पोसाकका लागि नेपाल ओलम्पिक कमिटी (एनओसीं) ले आइतबार कोमोरेबीसँग सम्झौता गरेको छ ।
एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोमोरेबीका सीईओ ड्यानिएल भालेटिनले सम्झौतामा हस्ताक्षर गरे । कोमोरेबी फ्रान्सेली टेक्सटाइल कम्पनी हो । सम्झौता अनुसार पेरिस ओलम्पिक्समा सहभागी हुने नेपाली टोलीका सदस्यलाई कोमोरेबीले पोसाक उपलब्ध गराउने छ ।
सम्झौता चार वर्षको रहेको एनओसीले जनाएको छ । कोमोरेबी नेपाली ओलम्पिक टोलीको आधिकारिक पोसाक साझेदार हुनेछ । सम्झौता अनुसार कोमोरेबीबीचले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) अन्तर्गत हुने प्रतियोगितामा पनि नेपाली टोलीलाई पोसाक उपलब्ध गराउने छ ।
यसमा गृष्मकालीन र शीतकालीन ओलम्पिक्स, गृष्मकाली र शीतकालीन एसियाली खेलकुद, गृष्मकाली र शीतकालीन युथ ओलम्पिक्स, एसियन बिच गेम्स र दक्षिण एसियाली खेलकुद रहेका छन् । एनओसीको अनुरोधमा कोमोरेबीचले उपलब्ध गराउने पोसाकमा अन्य संस्थानको लोगो पनि राख्न सकिनेछ । कोमोरेबीले उपलब्ध गराउने सबै पोसाकमा एनओसीको स्विकृति चाहिनेछ ।
एनओसीको मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको पनि उपस्थिति थियो । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले यो अनुबन्धले नेपाली खेलकुदमा नयाँ आयाम थपेको बताए । यस्तै उनले नेपाल र फ्रान्सबीच रहेको सुमधर सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]