12 months ago
March 2, 2024
विराटनगर (हाम्रो खेलकुद)– कोशी प्रदेशले दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरमा शनिबार भएको डोरीतानको फाइनलमा एपिएफ क्लबलाई २–० सेटले हराउँदै कोशी च्याम्पियन बनेको हो ।
नेपाल डोरी तान संघको आयोजनामा भएको दुई दिने प्र्रतियोगितामा कोशी,एपिएफसहित बाग्मती प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब गरि ८ टोलीको सहभागिता रहेको संघका प्राविधिक विभागका सदस्य एवंम प्रतियोगिताका प्राविधिक संयोजक युवराज चौधरीले जानकारी दिए ।
प्रतियोगिताको संयोजन तथा व्यवस्थापन कोशी प्रदेश डोरी तान संघले गरेको डोरी तान संघका महासचिव विमल पौडेलले जानकारी दिए । ८ टोलीलाई दुई समूहमा विभाजित गरि लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइएको थियो । समूह चरणका शीर्ष २ टोली सेमिफाइनल पुगेका थिए ।
सेमिफाइनलमा कोशीले आर्मी र एपिएफले पुलिसलाई २–० सेटले हराएको थियो । प्रतियोगिताको विजेता टोलीले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतले विजेता, उपविजेता टोलीलाई पुरस्कृत गरे ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]