12 months ago
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली र्याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ५ खेलाडीसहित ७ सदस्य टोली शनिबार भारतको हिमान्चल प्रदेश जाने भएको छ ।
विश्व र्याफ्टिङ महासंघको आयोजना तथा भारतीय र्याफ्टिङ फाउन्डेसनको तत्वावधानमा हुने आइतबारदेखि फागुन २७ गते सम्म हुनेछ । प्रतियोगितामा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछानेले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
वैकल्पिक खेलाडीमा दीपेश पुन मगर रहेको नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।
अफिसियलमा संघका कोषाध्यक्ष महेश थापा र प्रशिक्षकमा भीष्मराज थपलिया छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बिदाइ गरे । सो अवसरमा राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी, सचिव सुनिल अर्याललगायतको उपस्थिति थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।