12 months ago
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) –संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको सेमिफाइनलमा नेपाल पुलिस क्लब गण्डकी प्रदेशसँग स्तब्ध भएको छ ।
प्रतियोगिताको चौथो दिन शुक्रबार गण्डकीले ३४ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन पुलिस
लाई ३-२ ले हराएको छ।
प्रतिस्पर्धात्मक खेलमा गण्डकीले पुलिसलाई १७-२५, २५-२१,२६-२४,२०-२५ र १५-११ ले हराएको प्रतियोगिताका संयोजक प्रविण श्रेष्ठले जानकारी दिए। गण्डकीका सरोज बर्देवा खेलको प्लेयर अफ दि म्याच घोषित भएका थिए।
आजै बिहान एपिएफले सुदूरपश्चिम प्रदेशलाई हराएपछि समूह ‘बी’ को उपविजेताका रुपमा गण्डकी सेमिफाइनल पुगेको थियो। समूह चरणमा अपराजित पुलिस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। गण्डकीले शनिबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र एपिएफबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेता टोलीले ३ लाख, दोस्रोले १ लाख ५० हजार, तेस्रोले ५० हजार र चौथो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]