default_image

12 months ago

February 28, 2024

राष्ट्रपति रनिङको सिल्ड वैशाखमा

516 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको मिति तय गरेको छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिवहरुसहितको बैठकले २०८१ वैशाख ४ देखि ६ गते सम्म राष्ट्रपति रनिङ सिल्ड आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गर्नेलगायत निर्णय पनि गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपमा भएको बैठकमा प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव हंशराज वाग्ले, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण विकास मन्त्रालयका सचिव चूडामणि फुयाल, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्माको उपस्थिति थियो ।

त्यस्तै प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्य–सचिव जयप्रकाश भट्टराई, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक सिंह, युवा तथा खेलकुद मन्त्रालयका उप सचिव विष्णु भट्टराई, राखेपका सदस्यद्वय अञ्जन धमला र प्रकाशकुमारी कुसारी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगतालगायतको बैठकमा उपस्थिति थियो ।

राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले ७ सय ५३ स्थानिय तह मध्ये अधिकांशमा छनोट प्रतियोगिता सम्पन्न भइसकेको र केहिमा हुने क्रममा रहेको जानकारी दिए ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.