1 year ago
February 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) –मधेश प्रदेशको धनुषामा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा बुधबार सुदूरपश्चिम प्रदेशले जित हात पारेको छ ।
३ खेलाडीले ह्याट्रिकमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । आशिका एसके, ‘प्लेयर अफ द म्याच’ बुलबुल कुमारी र सरिता उराव झागढले ह्याट्रिक गरे । सन्जनाकुमारी भारती र नमिता एसकेले समान १ गोल गरे ।
मधु राईले ह्याट्रिक गरेको खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले कोशी प्रदेशलाई ७–१ गोलले हरायो । ‘प्लेयर अफ द म्याच’ सुनिता नेगीले २ तथा पूर्णिमा राई र जाग्रिती यादवले समान१ गोल गरे । गण्डकी प्रदेश र लुम्बिनीबीचको खेल गोलरहित बराबरीमा सकियो ।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]