default_image

1 year ago

February 28, 2024

दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने

780 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघले जनाएको छ । अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा इतिहास रचेकी खेलाडी हुन् ।

प्रचण्ड शमौ टोलकिो प्रशिक्षक र महासंघका महासचिव मानबहादुर भण्डारी टोलीको व्यवस्थापक रहेका छन् । फागुन २० देखि २८ गते सम्म हुने प्रतियोगितामा भाग लिन ४ सदस्यीय टोली बिहीबार त्यसतर्फ जाने । सन् १९९२ बार्सिलोना ओलम्पिक पछि नेपाली खेलाडीले ओलम्पिकमा भाग लिएका छैनन् ।

बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले ५ महादेशबाट ६८ पुरुष र ७५ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छनोट भइसकेको जनाएका छन् । इटालीको प्रतियोगिताबाट २८ पुरुष र २१ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुनेछन् ।

उपाध्यक्ष अवालेका अनुसार पदक प्राप्त गर्ने खेलाडीले पेरिस ओलम्पिकका लागि छनोट हुने छन् । इटालीपछि पनि पेरिस ओलम्पिकका लागि अझै एक छनोट प्रतियोगिता हुनेछ । त्यो प्रतियोगिता थाइल्यान्डको बैंककमा मे महिनामा हुने तालिका छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य–सचिव घिसिङले भने– ‘नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता नजनाएको ३२ वर्ष भएछ । यो लामो समय हो । सायद अबको समय तपाईं दुई जनाको हुन सक्छ । उत्कृष्ट प्रदर्शन गरेर आफूलाई प्रमाणित गरी इतिहास रच्नुस् । शुभकामना छ ।’

सदस्य–सचिव घिसिङले पेरिस ओलम्पिकका लागि परिषद्ले नयाँ ढंगले तयारी अगाडि बढाउने बताए । राखेप सदस्य–सचिव घिसिङ, बक्सिङ महासंघका अध्यक्ष राम अवाले, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले टोलीको बुधबार बिदाइ गरे ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.