1 year ago
February 27, 2024
काठमाडौं (हाम्रो खेलकुद )- वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा अर्को महिना छैटौं गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ।
गणेशमान सिंह फाउन्डेसन अन्तरगत रहेको स्पोर्टस कमिटीले चैत १३ देखि १७ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइयो।
नेपाल बक्सिङ संघको सहकार्य र प्राविधिक सहयोगमा ५ दिन सम्म संचालन हुने प्रतियोगितामा महिलातर्फ ६ र ७ वटा गरि १३ तौल समूहमा प्रतिस्पर्धा हुने बताइएको छ ।
महिला तर्फ ५० केजी, ५४,५७, ६०, ६६ र ७५ केजी तथा
पुरुष तर्फ ५१ , ५७ , ६३.५,७१, ८०, ९२ र ९२ केजी भन्दा माथिको तौल समूह समावेश गरिएको प्रतियोगिताका संयोजक प्रभाषमान सिंहले जानकारी दिए।
प्रत्येक तौल समुहको विजेताले२५ , दोस्रोले १५ हजार र संयुक्त रुपमा तेस्रो हुने २ खेलाडीले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगितामा महिला र पुरुष तर्फ उत्कृष्ट खेलाडी घोषित गरि पुरस्कृत गरिनेछ । यस पटकबाट उत्कृष्ट रेफ्रि र प्रशिक्षक समेत घोषित गरि पुरस्कृत गरिने बताइएको छ।
३ विभागिय र ७ प्रदेशका करिव १ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिता संचालन गर्न ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यसैबीच चौथो वीर गणेशमान सिंह १० किमी दौड २०८१ वैशाख १५ गते आयोजना हुने जानकारी दिइएको छ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]