12 months ago
February 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आठौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अर्को महिनाको सुरुवातमा आयोजना हुने भएको छ।
संघको वार्षिक कार्यक्रम अनुरुप च्याम्पियन्ससिप चैत ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुने सोमबार नेपाल भलिबल संघद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
च्याम्पियनसिपमा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय बाणिज्य बैंकले गरेको छ ।
सोही अवसरमा बाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ र भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरे। बैंकले च्याम्पियनसिपलाई प्रायोजन गरेको यो लगातार छैटौं वर्ष हो ।
वाणिज्य बैंकले संघलाई मुख्य प्रायोजन वापत १८ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको दुवै तर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार तथा विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही समान १५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा झन्डै ५५ लाख रुपैयाँ खर्च हुने संघको अनुमान छ। बाणिज्य बैंकका कार्यकारी प्रमुख श्रेष्ठले भलिबल देशको राष्ट्रिय खेल र बाणिज्य देशको पहिलो बैंक भएकोले सहकार्य हुनु संयोग नै रहेको बताएका छन्।
भलिबल संघका अध्यक्ष चन्दले च्याम्पियनसिपबाट महिलातर्फ शीर्ष ६ र पुरुषतर्फ ८ शीर्ष टोली एनभिए लिगका लागि छनोट हुने जानकारी दिएका छन् ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]