default_image

12 months ago

February 26, 2024

पाल्पामा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल हुँदै

1611 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

पाल्पाको रामपुरमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८०आयोजना हुने भएको छ ।

पाल्पा जिल्ला भलिबल संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवर्द्धन एवम् प्रायोजन तथा नेपाल भलिबल महासंघको संयोजनमा यहि फागुन १८ देखि २३ गतेसम्म प्रतियोगिता हुने बताइएको छ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ, नेपाली आर्मी क्लब गरी ३ विभागिय टिमसहित सातवटै प्रदेशका महिला भलिबल टिमको सहभागिता रहने रामपुरको तुल्सी खेल मैदानमा सोमबार आयोजित पत्रकारमा‌ जानकारी दिइयो।

प्रतियोगिताको उपाधि विजेताले २ लाख ५० हजार दोस्रो टोलीले १ लाख ५० हजार र तेस्रोले टोली ७५ हजार र चौथोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगितामा पाल्पा जिल्ला खेलकुद विकास समिति र प्रदेश भलिबल संघको समन्वय, रामपुर नगरपालिका संरक्षक, रामपुर उद्योग वाणिज्य संघ प्रबर्द्धन रहेका बताइएको छ।

प्रतियोगिता आयोजनास्थल रामपुरस्थित तुल्सी खेल मैदानमा मैदान तयारी भैरहेको र दर्शक‌ लागि अस्थायी प्याराफिट निर्माण, टिम दर्ता लगायतका काम अन्तिम चरणमा पुगेको पाल्पा जिल्ला भलिबल संघका अध्यक्ष राजु गुरुङले बताए ।

दर्शकको सुविधाका लागि मैदानमा दुईतर्फ निर्माण भएको प्याराफिट ५ हजार क्षमताको रहेको बताइएको छ । प्रतियोगिता संचालन गर्न ८४ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको गुरुङले बताए ।

कार्यक्रममा प्रतियोगिताको मुख्य प्रवर्द्धन प्रायोजक प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले प्रदेशका सबै क्षेत्रमा भलिबलको विकासका लागि विकेन्द्रीत हिसाबले प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै महिला भलिवलको आयोजनाले महिला भलिवलको विकाससंगै पाल्पाको रामपुरको पर्यटनको विकासमा नयाँ ढंगले प्रवर्द्धन हुने दाबी गरे ।

लुम्बिनी भलिबल महासंघका उपाध्यक्ष योग गुरुङले लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुले भलिबलको उर्वरभुमीका रुपमा पहिचान बनाएको अवस्थामा पाल्पामा आयोजना गर्न लागिएको महिला भलिबल प्रतियोगिताले थप बल पुग्ने बताए ।

भलिबकका राष्ट्रिय प्रशिक्षक एवं प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य अर्जुन घिमिरेले खेलको विकासका लागि नियमित खेल प्रतियोगिताको आयोजना हुनु जरुरी रहेको बताउँदै नेपालमा महिला भलिबल खेलाडीहरुलाई प्रोत्साहानको आवश्यक्ता रहेको धारणा व्यक्त गरे ।

प्रतियोगिताको प्रवर्द्धन पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रसाद ढकालले महिला भलिबल प्रतियोगिता पाल्पाका लागि केवल खेल गतिविधिमात्र नभई पर्यटन प्रवर्द्धन गर्ने एक अभियान पनि बन्ने विश्वास व्यक्त गदैृ प्रतियोगिता आयोजना गर्न कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

Success

Thank you for your time.