12 months ago
February 24, 2024
पोखरा (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो–एमको उपाधि प्रोफेसनल सञ्जीव बहादुर नेपालीको टिमले जितेको छ।
पोखरास्थित पार–६९ को हिमालयन गल्फ क्लबमा उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो। प्रो सञ्जीवले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ बर्षका युवा गल्फर दीप्सन लामाले ३९, बलराम थापाले ३८ र रविन्द्र तिवारीले ३७ अंक जोडे।
प्रो निरज तामाङको टिमले १ सय ४१ स्कोर सहित दोस्रो स्थान प्राप्त गर्यो। निरजले ३४ स्कोर गर्दा एमेच्योरहरू १३ वर्षका ड्यानियल बानियाँले र मिलन यखाले समान ३६/३६ र अनिल सिन्हाले ३५ अंक जोडे ।
प्रो सूर्य प्रसाद शर्माको टिम १ सय ३३ को कुल स्कोरमा तेस्रो भयो। सूर्यले ३३ तथा एमेच्योरहरू सुष्मा सिंहले ३३, श्याम तामाङले ३५ र जीवाराम गुरूङले ३२ अंक बटुले।
महिलातर्फ सुष्मा सिंहले उत्कृष्ट स्कोर गरिन््। उनले ३३ अंकमा खेल पूरा गरिन्। प्रतियोगितामा कृष्ण गुरूङले लङगेस्ट ड्राइभ र श्री राम थापाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते।
प्रो–एममा १९ प्रोफेसनल र ७६ एमेच्योर गरी कुल ९५ गल्फरले सहभागिता रहेको थियो। विजयी खेलाडीहरुलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, हिमालयन गल्फ क्लबका निर्देशक किरण केसी,कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरूङ र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बाले पुरस्कार वितरण गरे।
हिजो सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि रेकर्ड स्कोर सहित भुवन नगरकोटीले जितेका थिए। रवि खड्का दोस्रो र निरज तामाङ तेश्रो भएका थिए। एमेच्योरतर्फ सदभाव आचार्यले उपाधि जित्दा प्रज्वल गुरूङ दोस्रो भएका थिए।
८ लाख ४० हजार कूल पुरस्कार राशि रहेको सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागिता थियो ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]