default_image

1 year ago

February 24, 2024

क्यानोइङ टोली थाइल्यान्ड तर्फ

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- थाइल्याण्डको‌
रेयोङमा हुने आईसिएफ युवा तालिम शिविर तथा प्रतियोगितामा नेपाली टोलीले भाग लिने भएकाे छ।

नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघले फागुन २४ देखि चैत १० गतेसम्म हुने प्रशिक्षणमा खेलाडी मञ्जिल गुरुङ र प्रशिक्षक विष्णु गुरुङ गराएको छ। उनीहरू शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रशिक्षण अन्तर्राष्ट्रिय क्यानोइङ महासंघ र ओलम्पिक सोलिडारिटी अन्तर्गत रहेको बताइएको छ। प्रशिक्षणपछि १३ औं एसियाली क्यानोइङ स्लालोम च्याम्पियन्समा मञ्जिलमा भाग लिनेछन्।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ र महासचिव नीलेन्द्रराज श्रेष्ठले उनीहरुको‌ विदाइ गरेका थिए ।
अध्यक्ष श्रेष्ठले सहभागीहरुलाई शुभकामना दिँदै ठूला चरणमा राम्रो प्रदर्शन गर्नका लागि तालिमको महत्व रहने बताए ।

उनले नेपालमा क्यानोइङको विकासका लागि गरेको प्रयासका लागि र्‍याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ र उनको टोलीको पनि प्रशंसा गरे ।
कार्यक्रममा महासचिव सुदीपराज गौतम, उपाध्यक्ष सूर्यप्रसाद जोशी र कोषाध्यक्ष महेश थापाको उपस्थिति थियो ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.