1 year ago
February 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी फिफ्टिन्स रग्वी लिगमा गोर्खाली रग्वी क्लबले लगातार दोस्रो जित निकालेको छ ।
दशरथ रंगशालामा लिग चरणमा खेलमा बुधबार गोर्खाली रग्वीले एपिएफ क्लबलाई पराजित ग¥यो । लगातार दोस्रो जित निकाल्ने क्रममा गोर्खाली रग्वीले एपीएफलाई ४९–२० को स्कोरमा हरायो । ६ अंकका साथ गोर्खाली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एपिएफ ४ अंकसहित तेस्रो स्थानमा झरेको छ ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित ग¥र्यो । आर्मीले प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा पुलिसलाई ५३–७ ले पन्छायो । जित सहित आर्मी ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एपिएफसँग समान अंक भएपनि आर्मी स्कोरका आधारमा दोस्रो स्थानमा छ । पुलिस २ अंक सहित चौथौं स्थानमा छ ।
प्रतियोगिता अन्तर्गत शनिबार लिग चरणका अन्तिम खेलहरु हुनेछन् । अन्तिम चरणमा पुलिस र एपिएफ तथा गोर्खाली रग्वी र आर्मी क्लब भिड्ने छन् ।
नेपाल रग्वी संघले आयोजना गरेको प्रतियोगितामा ४ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले १ लाख र दोस्रो हुने टोली ५० हजार रुपैयाँ पाप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समावेश गरेर राष्ट्रिय टोली तयार पार्ने रग्वी संघले जनाएको छ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]