1 year ago
February 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकका लागि हुने एसियाली छनोटका लागि नेपाली खेलाडी छानिएका छन् ।
नेपाल तेक्वान्दो संघले चीनको ताईयाङ शहरमा आयोजना हुने एसियाली छनोटमा सहभागी हुने खेलाडीका लागि सोमबार छनोट आयोजना गरेको थियो ।
तेक्वान्दो ग्यरोगी विधातर्फ महिला ४९ केजीमुनि नेपाल प्रहरीकी अन्जली तामाङ्ग, महिला ६७ केजीमुनि पुलिसकै इन्दिरा बस्नेत, पुरुष ५८ केजीमुनि त्रिभुवन आर्मी क्लबका राहुल कुमाल र पुरुष ६८ केजीमुनि पुलिसका वीरबहादुर महरा छनोट भएका छन् । छनोटमा ३८ खेलाडी सहभागी थिए ।
त्यस्तै, पारा तेक्वान्दो तर्फ (के.४४) क्याटेगोरी अनुसार पारा महिला ५७ केजीमुनि पलेशा गोवर्धन, पुरुष ६३ केजीमुनि भरतसिंह महता र पुरुष ५८ केजीमा अमीर भ्लोन छनौट भएको तेक्वान्दो संघले जनाएको छ ।
फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक तथा पारा ओलम्पिक गेम्सका लागि विश्व तेक्वान्दो महासंघ (डब्लुटी) को कार्यक्रम अनुसार एसियाली छनोट हुन लागेको हो।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]