1 year ago
February 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिफ्टिन्स रग्वी च्याम्पियनसिपको पहिलो दिन आइतबार गोर्खाली रग्वी क्लब र एपिएफ क्लब विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिामा गोर्खाली रग्वीले नेपाल पुलिस क्लब र एपीएफले साविक विजेता आर्मीलाई हराएको हो । पहिलो खेलमा गोर्खालीले पुलिसलाई ५४–३ को स्कोरमा पराजित गर्यो । दोस्रो सेटमा पुलिसले अंक जोड्न असफल रह्यो ।
दोस्रो खेलमा एपिएफले आर्मीलाई २९–१५ को स्कोरमा पराजित गरेको छ । पहिलो चरणको खेलमा जित निकाल्दै गोर्खाली र एपिएफले समान २ अंक जोडेका छन् । लिग चरणमा शीर्ष दुई स्थान रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा गोर्खाली, आर्मी, पुलिस र एपीएफ गरि चार टोली सहभागि छन् । दोस्रो चरणको खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा खेलाडीले गर्ने प्रर्दशनका आधारमा फिफ्टिन्सको राष्ट्रिय रग्वी टोली निर्माण गरिने नेपाल रग्वी संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिएका छन् ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]