1 year ago
February 15, 2024
सुमन अधिकारी, बुटवल
त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ रुपन्देहीको तिलोत्तमामा भएको नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
आर्मीलाई उपाधि दिलाउन बिहीबार महत्वपूर्ण योगदान गरेको मानबहादुर राष्ट्रिय भलिबल टोलीका कप्तान हुन् । पुषमा बागलुङमा भएको बुकी कपमा सर्वोत्कृष्ट खेलाडी चुनिएपछि मानबहादुर पहिलो पटक सर्वोत्कृष्ट घोषित भएका हुन्। उनले ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गरे ।
आर्मीकै हरि अधिकारी उत्कृष्ट ब्लकर, धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर र सोही टोलकिा जगतसिंह ठकुरी उत्कृष्ट प्रशिक्षक चुनिए । दोस्रो स्थानको गण्डकी प्रदेशका विवश आले उत्कृष्ट सेटर, सन्तोष विक उदीयमान खेलाडी तथा एपिएफका हेमन्त मल्ल उत्कृष्ट सर्भर र विजय थापा अनुशासित खेलाडी चुनिएका छन् । उत्कृष्ट, उदयीमान र अनुशासित खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
आर्मी च्याम्पियन
आर्मी क्लबले नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको तिलोत्तमामा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो । एकपक्षिय फाइनलमा आर्मीले गण्डकी २५–२१, २५–१८ र २५–२१ ले हराउँदै उपाधि जितेको थियो ।
दुई महिनाअघि बाग्लुङमा बुकी कप जितेयता आर्मीको यो पहिलो उपाधि हो । त्यसयता आर्मी सुर्खेतमा भएको ३४ औं राष्ट्रिय प्रतियोगिता, पोखरामा भएको टाइगर कप र महेन्द्रनगरमा भएको मुख्यमन्त्री कपको फाइनल पनि पुग्न असफल भएको थियो ।
नेपाल एपिएफ मणिमुकुन्द कपमा तेस्रो भएको छ । अर्को विभागिय टोली एपिएफ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।
एपिएफले २५–२०,२५–२० र २५–१७ को सहज जित निकालेको थियो। सेमिफाइनलमा बुधबार गण्डकीले पुलिसलाई ३–२ ले र आर्मीले एपिएफलाई ३–० हराउँदै फाइनल पुगेका थिए ।
मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजना नेपाल भलिबल संघको संयोजन तथा प्रदेश खेलकुद परिषद, लुम्बिनीले मुख्य प्रायोजनमा माघ २६ गते देखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागि गरि १० टोलीको सहभागिता थियो ।
प्रतियोगिताको विजेताले २ लाख , दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाण, खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईलगायतले विजेतासहितका टोलीका खेलाडीलाई पुरस्कृत गरेका थिए ।
नवौं मणिमुकुन्द कप भलिबल प्रतियोगिता
सर्वोत्कृष्ट खेलाडी– मानबहादुर श्रेष्ठ, आर्मी
उत्कृष्ट
सेटर – विवश आले, गण्डकी
ब्लकर – हरि अधिकारी, आर्मी
सर्भर – हेमन्त मल्ल, एपिफ
स्पाइकर – धनबहादुर भट्ट, आर्मी
प्रशिक्षक – जगतसिंह ठकुरी, आर्मी
उदीयमान खेलाडी – सन्तोष विक, गण्डकी
अनुशासित खेलाडी – विजय थापा, एपिएफ
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]