default_image

1 year ago

February 14, 2024

कर्णालीको खेल पोशाक दर्ता प्रक्रिया राखेपमा

628 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्ना प्रदेशका खेलाडीले दसौं राष्ट्रिय खेलकुदलगायत विभिन्न प्रतियोगितामा प्रयोग गर्न खेल पोशाक तयार पारेको छ ।

कर्णाली प्रदेश खेलकुदले सोही खेल पोशाक दर्ताका प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद्लाई बुधबार हस्तान्तरण गरेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वमित्र सन्ज्यालले खेल पोशाकको नमुना राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरे ।

सो अवसरमा सदस्य–सचिव घिसिङले खेलकुदमा खेल पोशाकको ठूलो महत्व हुने बताउदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीको पहिचान झल्कने पोशाक तयार गरेर कर्णालीको पहिचान र उचाईलाई अझ माथि पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । सदस्य–सचिव सन्ज्यालले खेलाडीले मार्च पास्टमा प्रयोग गर्ने पोशाक बनाउने कार्यको तयारी भइरहेको जानकारी दिए ।

दसौं राष्ट्रिय खेलकुद कर्णालीमा २०८१ मंसिर १ देखि ९ गते सम्म गर्ने यसअघि नै घोषणा भइसकेको छ । राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै कर्णाली प्रदेशले प्रदेशको गौरवको योजनाका रुपमा कर्णाली रंगशालासहित अन्य भौतिक पूर्वाधार निर्माण गरिरहेको छ ।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 13, 2025

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने

पोखरा (हाम्रो खेलकुद)-  १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

Success

Thank you for your time.