1 year ago
February 12, 2024
सुमन अधिकारी, बुटवल
रूपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।
समूह ‘ए’को सोमबार भएको खेलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले आर्मीमाथि २५–२०, २५–२० र २५–२१ को जित निकालेको हो । पुलिस समूह चरणको अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको छ । सोमबार अन्य खेलमा सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र एपिएफ विजयी भएका छन् ।
पहिलो खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई २५–१३, २५–१२ र २५–१८ ले सहजै हराएको थियो । मधेश एक खेल बाँकी रहँदै प्रतियोगितबाट बाहिरिएको छ । लुम्बिनीले दोस्रो खेल जित्ने क्रममा कर्णाली प्रदेशलाई २५–२०, २५–२०, २३–२५ र २५–२१ ले पराजित गर्यो । सबै खेलमा हार बेहोरेको कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।
चौथो खेलमा नेपाल एपिएफ क्लबले गण्डकी प्रदेशलाई २५–१५, २५–२१ र २५–१९ को सोझो सेटमा हराएको थियो । प्रतियोगितामा मंगलबार समूह चरणका खेल सकिनेछन् । कोशी र पुलिस, बागमती र एपिएफ, आर्मी र सुदूरपश्चिम तथा गण्डकी र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।