default_image

1 year ago

February 11, 2024

बक्सिङ खेलाडी पुरस्कृत

608 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी र प्रशिक्षकलाई आइतबार पुरस्कृत गरिएको छ । ४ खेलाडी, १ प्रशिक्षक र १ सहायक प्रशिक्षकलाई कुल १६ लाख ८० हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रतियोगितामा सुष्मा तामाङले रजत पदक जितेकी थिइन् । हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य पदक जितेका थिए । सुष्माले ६ लाख पाइन् । हेमा, त्रिशा र विजयले समान ३ लाख रुपैयाँ प्राप्त गरे । मुख्य प्रशिक्षक दीपक महर्जनले १ लाख ८ हजार तथा सहायक प्रशिक्षक सन्दिप श्रेष्ठले ७२ हजार रुपैयाँ प्राप्त गरे ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलगायतले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पुरस्कृत गरेका थिए ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.