1 year ago
February 11, 2024
सुमन अधिकारी,बुटवल
रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी विभागिय टोलीले लगातार सफलता हासिल गरेका छन् ।
प्रतियोगिताको तेस्रो दिन आइतबार नेपाल पुलिस क्लब खेलेका दुबै खेल जितेको छ । त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब विजयी भएका छन् । अर्को खेलमा गण्डकी प्रदेश विजयी भएको छ ।
पुलिसले मधेश प्रदेश र सुदूरपश्चिमलाई हरायो । पहिलो दिन हुन नसकेको खेल आइतबार भएको थियो । आर्मीले कोशी प्रदेशलाई, एपिएफले कर्णाली प्रदेशलाई र गण्डकीले बागमती प्रदेशलाई पराजित गरेको छन् ।
आर्मीले कोशीले २५–२०, २५–१३ र २७–२५ लाई हराएको थियो । पहिलो र अन्तिम सेटमा कोशीले आर्मीमाथि दबाब बनाएपनि सफलता भने हात लागेन । प्रतियोगिताको दाबेदार आर्मीले समूह चरणमा सोमबार पुलिस र फागुन २ गते सुदूरपश्चिमसँग खेल्नेछ । समूह एमा आर्मीसहित पुलिस, सुदूरपश्चिम, कोशी र मधेश रहेका छन् ।
एपिएफले कर्णालीलाई २५–२१, २५–२१ र २५–२० ले हरायो । मधेश प्रदेशलाई २५–२०, २५–११ र २५–१२ ले हराएको पुलिसले सुदुरपश्चिम प्रदेशलाई २५–१७, २५–१४ र २५–१९ ले पराजित गर्यो । गण्डकीले बागमतीलाई २३–२५, २५–१९, २५–२१ र २५–२३ ले हरायो ।
मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजना प्रदेश खेलकुद परिषद, लुम्बिनीको मुख्य प्रायोजनत तथा नेपाल भलिबल संघको संयोजन रहेको प्रतियोगितामा १० टोलीको सहभागिता छ ।
समूह चरणमा मधेश र सुदुरपश्चिमको समान ३ र अन्य खेलको समान २ खेल बाँकी छ । समूह एमा पुलिस र आर्मीले समान २ खेल जितेका छन् । कोशी प्रदेशले ३ खेल २ खेल जितेको छ । मधेश र सुदूरपश्चिमले खेलेका सबै ३ खेल हारेका छन् ।
समूह बीमा एपिएफ र गण्डकीबीच कडा प्रतिष्पर्धा देखिएको छ । एपिएफ, लुम्बिनी र गण्डकीबीच प्रतिस्पर्धा छ । एपिएफ र गण्डकीले समान २ खेल जितेका छन् । बागमती प्रदेश ३ खेल जित्दै १ मा जित तथा २ मा हार व्यहोरेको छ । लुम्बिनीले २ खेलमा १ खेलमा जित हासिल गरेको छ । कर्णालीले सबै ३ खेल हारेको छ ।
प्रतियोगितामा सोमबार सुदुरपश्चिम र मधेश, लुम्बिनी र कर्णाली, पुलिस र आर्मी तथा एएफपी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।