1 year ago
February 10, 2024
बुटवल (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवाैं मणिमुकुन्द कप राष्ट्रियस्तरको भलिबलमा विजयी सुरुवात गरेको छ।
प्रतियोगिताको दोस्रो दिन शनिबार आर्मीले मधेश प्रदेशलाई र अर्को खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई समान ३-० ले हराएको छ।
आर्मीले मधेशलाई सहजै २५-१२,२५-१२ र २५-१३ ले हराएको थियो। लुम्बिनीले बागमतीमाथि २५-२०,२५-२३ र २५-१९ को जित निकालेको छ।
प्रतियोगिताको पहिलो दिन एपिएफ, बागमती र कोशी प्रदेश विजयी भएका थिए । एपिएफले लुम्बिनीलाई ३-२ ले, बागमतीले कर्णालीलाई ३-१ ले र कोशीले मधेशलाई ३-० ले हराएको थियो।
मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजना नेपाल भलिबल संघको संयोजनमा जारी प्रतियोगितालाई प्रदेश खेलकुद परिषद, लुम्बिनीले मुख्य प्रायोजन गरेको छ। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले २ लाख , दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। । सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।